गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णय सच्याउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र



Download our app to get more features

काठमाडौं, २९ साउन । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको निर्णय सच्याउन नेपाल जनस्वास्थ्य संघले माग गरेको छ । बिहिवार संघले स्वास्थ्इ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउदै मन्त्रालयले पद अनुसार योग्यता र अनुभव एउटा भएका जिम्मेवारी नदिएको भन्दै आपति जनाएको छ । साथै संघले तत्कालै उक्त निर्णय सच्याउन समेत माग गरेको छ। 

संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ 'प्रत्येक कार्यालयको आफप्नै विशिष्टीकृत जिम्मेवारी हुन्छ र त्यो जिम्मेवारी वहन गर्नका लागि निश्चित योग्यता हासिल गरेको व्यक्तिको नेतृत्व हुने गरि कर्मचारीको दरबन्दी सिर्जना गरिएको हुन्छ।’ 

स्वास्थ्य शिक्षा र तालिम तर्फको योग्यता र अनुभव भएको कर्मचारीलाई प्रशासनको जिम्मेवारी सुम्पनु र जनस्वास्थ्य प्रशासनको योग्यता र अनुभव भएको व्यक्तिल्ऽाई स्वास्थ्य शिक्षा र तालिम एवं आपूर्ति व्यवस्थापनको जिम्मेवारी सुम्पनु जस्तो अविवेकशिल निर्णयले राणाकाल र पंचायती साशन व्यवस्थामा चाकडी, चाप्लुशी र नातावात–कृपावादको प्रतिबिम्ब देखाइरहेको संघको दावी रहेको छ। त्यसकारण यस्तो घृणित कार्य अबिलम्ब सच्याउन र सरोकारवालासँग छलफल गरि विधि सम्मत निर्णय गर्न संघले माग गरेको छ । 

Last modified on 2019-08-14 17:39:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts