नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीद्धारा स्वास्थ्य प्रमुख डा. गिरिलाई स्वागत



Download our app to get more features

रुपन्देही, २९ साउन । नेपाल स्वास्थ्यकर्मी संघ, रुपन्देहीले स्वास्थ्य कार्यालय रुपन्देहीमा  आएका स्वास्थ्य प्रमुख डा. राजेन्द्र कुमार गिरिलाई स्वागत गरेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. गिरिलाई सम्मान गर्दै आगामी दिनमा स्वास्थ्य कार्यालयका हरेक सकारात्मक कामकारबाहीमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ। 

कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षता, स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र कुमार गिरिको प्रमुख आथित्यता र स्वास्थ्यकर्मी संघका सचिव घनलाल अर्यालको संचालनमा भएको थियो। 

कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो  । कार्यक्रममा स्वास्थ्यकर्मी संघका युवा संयोजक मदन पोखरेल सुमनले स्वागत तथा शुभकामना मन्तव्य राख्दैै स्वास्थ्य कार्यालयका हरेक सकारात्मक कार्यक्रमलाई सहयोग गर्ने र स्वास्थ्य कार्यालयले हरेक कुराहरुका समन्वय गर्दै अगाडि बढनु पर्ने बताएका छन ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य  मोति पौडेल, केदारनाथ शाह, जिल्ला उपाध्यक्ष फिरोज श्रेष्ठ तथा स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज पाण्डे र सुपरभाइजर टिकाराम अधिकारीले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी डा गिरीले सबैको सहयोग र सहकार्यमा अघि बढने बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts