सुदूरपश्चिमका पहाडी जिल्ला सदरमुकाम क्षेत्रमै दिइँदैन सुत्केरीलाई पोषिलो दूध

डडेल्धुरा, २७ साउन । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला सदरमुकाम क्षेत्रभित्रै सुत्केरी महिलालाई गाईभैसीको दूध नदिइने गरेको पाइएको छ । सुत्केरी महिलालाई घरमा पालेको गाईभैँसीको दूध दिँदा गाईभैसीलाई रोग लाग्ने रुढीवादी परम्परा समाजमा विद्यमान रहेको छ ।
यहाँका स्वास्थ्यकर्मीले सदरमुकाममै सुत्केरीले पोषणयुक्त खानेकुरा अन्र्तगत दूध दहि नपाउने गरेको बताएका छन् । सुत्केरी महिलाका लागि अत्यावश्यक पोषणयुक्त खानेकुरा उनिहरुले नपाएको डडेल्धुरा अमरगढि नगरपालीका सहत्रलिङ स्वास्थ्य चौकी राइकी अनमी तुलसी भट्टले बताइन् ।
‘गाँउ तिर त धेरै छ तर यही नगरपालीका भित्र समेत सुत्केरीलाई घरमा पालेको गाइभैसीको दूध दिइदैन ।’ उनले भनिन–‘बरु उनिहरुले दुध बजारमा लगेर बेच्छन तर गाई बिग्रीन्छ भनेर सुत्केरी भएकी बुहारी–छोरीलाईु दूध खुवाउँदैनन् ।’ ‘हामीले सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउनु भनेर सम्झाई बुझाई गरेर पठाउँछौ तर घरमा गएर उनिहरुले त्यसो गदैनन’ अर्की भुमीराज स्वास्थ्य चौकीकी अनमी शान्ति भट्टले बताइन् ।
पोषणयुक्त खानेकुरा मात्र नभई सुत्केरीलाई सुरक्षीत आवासबाट समेत बन्चीत गरीएको जिल्ला अस्पताल बझाङमा कार्यरत स्टार्फनर्स सम्झना सिँहले बताइन् । उनले भनिन्– ‘नगरक्षेत्र भित्र नै सुत्केरीलाई घरको तल्लो तलामा रहेको गोठमा राखिन्छ, कतिपय ठाँउमा त गाईभैसीको गोठमा समेत राखिने गरीन्छ ।’ मल्लो तलामा राखे देउता रिसाउँछन् भन्ने भनाई रहेकाले यस्तो परम्परा कायम रहेको उनको बुझाइ छ ।
सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराबाट बञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने पोषण पुर्नस्थापना केन्द्र डडेल्धुराकी संयोजक कल्पना भट्टले बताइन । महिला सुत्केरी हुँदा झन बढी मात्रामा पोषीलो खानेकुरा आवश्यक पर्ने उनको भनाइ छ ।