आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा धिताल,र सचिवमा भुसाल 



Download our app to get more features

रुपन्देही २६ साउन । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको पहिलो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले दिपक कुमार धितालको अध्यक्षतामा ८ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्ण के.सी, सचिवमा शालिकराम कंडेल र कोषाध्यक्षमा रामुलाल कंडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा श्याम शर्मा, केशवराज पोखरेल, बन्दना अर्याल रहेका छन् ।

नबनिवार्चित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयाजक डा. बुद्धिप्रकाश रेग्मीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । त्यसअघि भएको अधिबेशन कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष उद्धव गौतमलेस–साना झोले व्यापारीका कारण आयुर्वेद व्यवसायीहरु मर्कामा परेको बताए ।

खुल्ला सिमानाका कारण झोलामा कुनै प्रमाणित विनाका औषधिहरु राखेर विक्रि गर्दा दर्ता भएका व्यवसायीहरुलाई मर्का परेको भन्दै त्यस्ता झोले व्यापारीलाई राज्यले नियन्त्रणमा लिनुपर्ने उनले बताए ।

त्यसैगरी बरिष्ठ आयुर्वेद चिकित्सक डा. बृद्धि प्रकाश रेग्मीले आयुर्वेद दर्ता नगरी कतिपयले आयुर्वेद औषधि समेत विक्रि गरेको भन्दै त्यस्ता व्यवसायीहरुलाई दर्ता प्रक्रिया पुरा गरेर व्यवसायी सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा संघका प्रदेश संयोजक गिरीराज भट्टराई, नेपाल आयुर्वेद औषधि उत्पादक संघका रामचन्द्र पन्थी, कपिलबस्तुका कोषाध्यक्ष सन्तोष गैह्रे, बरिष्ठ आयुर्वेद चिकित्सक डा. खेमराज पन्त लगाएतले बोलेका थिए ।

कार्यक्रम गिरीराज शर्मा भट्टईको अध्यक्षता तथा कार्यक्रम संयोजक यमलाल भट्टराईको सञ्चालनमा सम्पन्न भएको नबनिर्बाचित  सचिब  भुसालले बताए ।
 

Last modified on 2019-08-11 17:44:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts