डेंगु संक्रमित १५ वर्षयताकै उच्च, सबैभन्दा धेरै प्रदेश एकका नागरिक प्रभावित



Download our app to get more features

काठमाडौं, २६ साउन । नेपालमा आर्थिक वर्ष २०७५/७६ मा हालसम्म  कै उच्च डेंगु रोग संक्रमित फेला परेका छन् । इपिडियोमोलोजि तथा रोग नियन्त्रण महाशाखाले आइतबार राष्ट्रिय तालिम केन्द्र टेकुमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा डेंगु रोगको संक्रमण वर्षैपिच्छे बढ्दै गएको जनाएको छ । आ.व. ०७५/७६ मा ३ हजार चार सय २५ जनामा डेंगुको संक्रमण भेटिएको हो ।

नेपालमा डेंगुको अवस्था 
नेपालमा पहिलो पटक सन् २००४ मा एक जना विदेशी नागरिकमा भेटिएको थियो । सन् २००६ मा तराई र भित्रीमधेशका केहि जिल्लामा डेंगुका बिरामीहरु भेटिएको ।

सन् २०१० मा चितवन लगायत रुपन्देही, नवलपरासी आदि जिल्लाहरुमा महामारीको रुपमा फैलिएको । देश भरीमा ९ सय १७ केशहरु देखिएको महाशाखाले जनाएको छ ।

त्यस्तै सन् २०१६ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा १ हजार ५ सय २७ केशहरु देखिएका थिए ।

सन २०१७ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जिम्मा २ हजार ११ सय १ केशहरु देखिए ।

सन २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको पनि महाशाखाले जनाएको छ । 

विगत वर्षको अवधिमा भने डेंगु रोगको संक्रमण चार गुणा बढी जिल्लामा फैलिएको पाइएको छ । आर्थिक वर्ष २०७०/७१ मा १० वटा जिल्लामा मात्र देखिएको डेंगु हाल ०७५/७६ सम्म आइपुग्दा ४२ वटा जिल्लाका नागरिकमा संक्रमण देखिएको छ । यस वर्षमा सबैभन्दा बढि सुनसरी जिल्लामा तीन हजार २५ जनामा डेंगुको संक्रमण देखा परेको हो । त्यसैगरी मकावनपुरमा ८३ जनामा देखिएको छ । 

त्यसैगरी प्रदेश अनुसार सबैभन्दा बढि प्रदेश नं. १ मा संक्रमित रहेका छन् । प्रदेश एकमा तीन हजार एक सय ५२ जनामा संक्रमण देखिएको थियो । त्यसैगरी प्रदेश नं. ३ मा एक सय २६, प्रदेश पाचमा ९६, गण्डकी प्रदेशमा २६, प्रदेश नं. २ र सुदुरपश्चिप प्रदेशमा १२ जना र कर्णालीमा १ जना संक्रमति भेटिएको छ । 

विश्वव्यापी अवस्था
विगत केहि दशकदेखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । वितेको ५० वर्षमा यो रोगकोसंक्रमण ३० गुणा बढेको पाइन्छ ।

विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् । १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् ।

प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ ।

लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५÷७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् ।

असाध्यै टाउको दुख्ने ।

आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।

ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।

शरीरमा विमिरा आउने ।

धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।

वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत

बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ ।


डेंगु रोग नियन्त्रण र रोकथामका लागि हाल भई रहेका
गतिविधिहरुः

लामखुट्टेको वासस्थान खोज गरी लार्भा नष्ट गर्नका लागि “खोज तथा नष्टगर” कार्यक्रम

डेंगुरोग नियन्त्रण र रोकथामका सम्बन्धमा स्वाथ्यकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयमसेविका, सरोकारवालाहरुलाई अभिमुखिकरण

डेंगुरोग नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन

डेंगुरोग नियन्त्रण र रोकथाम सम्बन्धी स्वास्थ्य सुचना प्रशारण तथा जनचेतनामूलक गतिविधिहरु

डेंगुरोगको प्रकोप नियन्त्रण र रोकथामका लागि विभिन्न स्तरमा स्वास्थ्यकर्मी सहितको टोली परिचालन
 

Last modified on 2019-08-12 06:59:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts