प्रदेश नं. ५ सरकारः नयाँ स्वास्थ्य नीति बनाउने तयारीमा

रुपन्देही २६ साउन । प्रदेश नं ५ का सामाजीक बिकासमन्त्री शुदर्शन बरालले स्वास्थ्यमा नयाँ तीन काम गर्न लागेको बताएका छन् ।
महिला स्वास्थ्य स्वंयम सेविकालाई दिएको एडभान्स तालिमको समापन कार्यक्रममा बोल्दै समाजीक बिकासमन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य निति बनाउने, स्कुल लेबलमा स्वास्थ्यलाई अनिवार्य कति कक्षाबाट र ऐच्छीक कतिबाट बनाउने भन्ने बिषयमा नयाँ पाठ्यक्रम बनाउने र पब्लीक हेल्थका क्षेत्रमा भइरहेको तालिम तथा अन्य क्रार्यक्रम कस्तो ठाउँमा संञ्चालन गर्ने भन्ने विषयमा ठाँउ अबस्था हेरेर लागु गर्ने बताएका छन ।
उनले स्वास्थ्यको पहुँच नभएको ठाउ्ँमा बढी कार्यक्रम लागु गर्ने बताए ।
साथै कुन ठाउँमा कस्तो सेवा आबश्यक छ त्यो जनताको बिचमा लैजाने गरी काम गर्न लागेको बताएका छन् ।
स्वास्थ्यको पहुँच कम भएको क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकालाई एडभान्स तालिम जनताको घरदैलोमा पुगेर एडभान्स तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश ५ सरकारले महिला स्वास्थ्य स्वयम सेविकालाई तालिम दिएको बताए ।
उनले नेपालका महिला स्वास्थ्य स्वयम सेबिकाको सेवा अरु देशले पनि महत्वका साथ हेरेको बताए ।
मन्त्री बरालले स्वयमसेबिकाको सेवा सुबिधालाई सम्भब भएसम्म सरकारले प्राथामिकता दिने बताए । मन्त्रीबरालले अब दोश्रो चरणको तालिम पनि संञ्चालन गर्ने बताएका छन ।
सामाजीक बिकास मन्त्रालयका सचिब कृष्णप्रसाद ज्ञावलीले महिला स्वास्थ्य स्वयम सेबिकाले गाउमा डाक्टरको भुमिका निर्बाह गरेको बताए । गाउँमा पहिलो पटक बिरामीको घरमा पुग्ने महिला स्वास्थ्य स्वयम सेबिका नै भएकोले डाक्टरको भुमिका निर्बाह गरेको बताए ।
स्वयम सेबिकालाई भने महिलासम्म सिकेको सिप ब्यवाहरमा लागु गरेर गाउँ गाउँ गएर सेवा दिन आग्रह गरे। सचिब ज्ञबालीले स्वयम सेबिकाले गाउँमा उपकरण किट जस्ता आबश्यक समाग्रीहरु स्थानिय तहका जनप्रतिनिधिसंग समन्य गरेर जनतालाई सेवा दिन आग्रह गरे ।
समापन समारोह बोल्दै महिला स्वास्थ्य स्वयसेबिका भबिन्द्र रोक्काले सबै महिला स्वास्थ्य स्वयमसेबिकालाई एडभान्स तालिम दिनुपर्ने बताईन।
देसमा मंहगी बढेको भएपनि स्वास्थ्य स्वयमसेबिकाको भत्ता पुरानै भएकोले बढाउन माग गरिन ।
कार्यक्रममा प्रशिक्षक जमुना पन्थीले १ महिनामा १८ दिन प्राक्टीकल र १२ दिन थेयुरी गरि उनीहरुलाई तालिम दिएको बताएन् । प्राक्टीकलमा लुम्बिनी प्रादेशीक अस्पतादेखी देबदह कपिलबस्तु तथा आमा समुह जस्ता ठाउँमा लगेर उनीहरुलाई तालिम दिएको बताईन ।
स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुबरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरी प्रदेश स्वास्थ्य आपुर्ति निर्देशक दिनेश कुमार चापागाई सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी लगायको सहभागिता रहेको थियो ।
कार्यक्रम संञ्चालन पशुपति आर्चायले गरेका थिए ।