मोतिपुर स्वास्थ्य चौकीमा सामाजीक परिक्षण सम्पन्न, प्रसूति गृहको माग 



Download our app to get more features

रुपन्देही २६ साउन ।  बुटबल उपमहानगरपालिक  वडा नं १७मा रहेको मोतिपुर स्वास्थ्य चौकीमा सामाजीक परिक्षण गरिएको छ ।स्वास्थ्यचौकीले एक बर्षभित्र गरेका उपलब्धी र आगामी योजनाको बारेमा सबै सरोकारहरु बोलाएर जानकारी गराईएको हो।  

बुटबल उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संञ्चालन  तथा ब्यबस्थापन समितिका अध्यक्ष सन्त बहादुर रानाको प्रमुख आतिथ्य तथा मोतिपुर स्वास्थ्य चौकीका  ईन्र्चाज बिन्दु अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

समाजीक परिक्षण कार्यक्रममा बोल्दै सरोकारवाहरुले  हेल्थपोटको भबन नयाँ बनाउनु पर्ने, सुत्करी गराउनको लागी  प्रसुति गृह बनाउनु पर्ने, स्वास्थ्य चौकीमा बाट दिईने सेवालाई सेवाग्राहीले देख्ने तरिकाले बोड बनाएर राख्नु पर्ने बताएका छन। बुटबल उपमहानगरपालिका वडा नं १७, १८ र १९ वडाका सेवाग्राहीले सेवालिदै आएका छन । 

सामाजीक परिक्षण कार्यक्रममा बोल्दै बडा नं १९ का वडा अध्यक्ष हिम बहादुर खत्रीले  बुटबल नगरपालिकाले गतवर्ष नै स्वास्थ्य चौकी बनाउन  जग्गा खोज्न भनेपनि  अहिले सम्म  केहि नभएको बताए । एक वडा एक हेल्थपोष्टको अबधारण लागु गर्न सम्बन्धि निकायलाई आग्रह गरे । उनले आवश्यक हेल्थपोष्टलाई सहयोग गर्ने र गरेको बताए ।

त्यस्तै वडा नं १८ का वडा अध्यक्ष हुम नाथ आर्चायले  जनतालाई सहज रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउन आबश्यकता रहेको बताउदै स्वास्थ्यलाई सेवाग्राहीको भाबना अनुरुप लैजान पर्ने बताए । उनले पनि  एक वडा एक हेल्थपोष्टको अबधारण लागु गर्नु पर्ने बताउदै  अहिले रहेको हेल्थपोष्ट लाई आवश्यक सहयोग गर्ने बताए । 

सामाजीक परिक्षणमा नेकपाका गंगाराम ढकाल, नेपाली काग्रेसका ओम बहादुर घिमिरे स्थानिय समाजसेबि भिम प्रसाद न्यौपाने  टोल बिकास संस्थाका प्रेम मस्याडदी महिला स्वास्थ्य स्वंयसेविका लगायतले बोल्दै स्वास्थ्य लाई सर्वसुलभब बनाउन आग्रह गरे । उनीहरुले सेवालाई अझै गुणस्तरीय बनाउदै लैजानु पर्ने बताउदै आवश्यक सहयोगको लागी आफुहरु सधै साथ रहेको बताए ।

बुटबल उपमहानगर जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कपिल गौतमले  नगरपालिकाको स्वास्थ्य नीति तथा आवश्यक  सहयोग बारे जानकारी गराएका थिए । उनले स्वास्थ्य स्थानिय तहमा आएपछि सुरुमा केही समस्या भएपनि अहिले यो हटेको र सहज सेवा दिईरहेको बताए। 

 प्रमुख  अतिथी  एबं बुटबल उपमहानगर पालिका वडा नं १७ का वडा अध्यक्ष सन्त बहादुर रानाले हेल्थपोष्टका बिषयमा आएका समस्यालाई तत्काल समाधान गर्दे लैजाने बताए। उनले हेल्थपोस्ट बाट पाउने सेवा सुबिधालाई कुनै कमीहुन नदिने बताएका छन। उनले हेल्थपोटको भबन बनाउन पहल गर्ने वताए । उनले भने के गर्नु पर्दछ कँहा जानु पर्दछ  स्थानिय प्रदेश र संघिय सरकारको गएर भएपनि  भबन ३ बर्ष भित्र बनाउने  बताए।  स्वास्थ्य चौकी प्रमुख बिन्दु अर्यालले हेल्थपोष्टले एक बर्षमा  दिएको सेवा  कर्मचारी  समस्याको बारेमा जानकारी गराईकी थिईन । कार्यक्रम संञ्चालन  चन्द्रकान्त खनालले गरेका थिए ।
 

Last modified on 2019-08-12 06:57:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts