चालु शैक्षिक शत्रका लागि समयमै शुल्क निर्धारण गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन

संसदीय उपसमितिको म्याद २० दिन थपियो



Download our app to get more features

काठमाडौं, २४ साउन । शिक्षा तथा स्वास्थ्य समितिले चालु शैक्षिक शत्रका लागि समयमै शुल्क निर्धारण गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले सरोकारवालाहरुसँग परामर्श गरी समयमै शुल्क निर्धारण गर्न आयोगलाई निर्देशन दिएको हो ।

शिक्षण संस्थाहरुको लगत, लगानी, लगानीको प्रकृति, पूर्वाधार, सञ्चालन खर्च, छात्रवृत्ति, शिक्षण संस्थाले स्वीकृति प्राप्त गरेका कार्यक्रम संख्या, स्वीकृत सिट संख्यालाई समेत ख्याल गरेर शूल्क निर्धारण गर्न निर्देशन दिएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले शुक्रबार संक्षिप्त प्रतिवेदन बुझाउँदै मन्त्रिपरिषद निर्णय पालना गराउन शिक्षा मन्त्रालयले नै चासो नदिएको निष्कर्स निकालेको छ । उपसमिति सदस्य चित्रलेखा यादवले हाम्रो डाक्टरसँग कुरा गर्दै मन्त्री र सचिवको बेवास्ताले मेडिकल कलेजहरुले तोकेको भन्दा बढी शुल्क लिएको बताइन् । यस्तै, समितिले गठन गरेको उपसमितिको म्याद २० दिन थप गरेको पनि उनले जानकारी दिइन् । 

समिति बैठकमा केही सांसदहरुले मेडिकल कलेजहरुको सिट संख्या बढाउन माग गरेका छन् सिट संख्या घटाउँदा राज्यलाई अर्बौ रुपैयाँ घाटा भएको भन्दै मेडिकल कलेजको सिट संख्या बढाउन माग गरिएको सांसदहरुले बताएका छन् ।
 

Last modified on 2019-08-10 13:29:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts