स्वास्थ्य मन्त्रालयले गर्योे बजेटको बाँडफाँड, कुन कार्यक्रममा कति ?

काठमाडौं, २४ साउन । राष्ट्रिय बजेटको ४. ४८ प्रतिशत पाएको स्वास्थ्यले नयाँ संरचना अनुसार संघले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४२ अर्व ६७ करोड ९ लाख रुपैयाँ छुट्याएको छ । यता प्रदेशले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४ अर्व८७ करोड ८१ लाख र स्थानीयका कार्यक्रम तथा आयोजनाको लागि २१ अर्व १३ करोड ७० लाख छुट्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको कार्यक्रमका लागि छुट्याएको ४ अर्व ८७ करोड ८१ लाख ८३ हजारको बाँडफाँड गरेको छ । सातै वटा प्रदेशलाई स्वास्थ्यका विभिन्न १३ कार्यक्रम सञ्चालन गर्न सो बजेट बाँडफाड गरिएको हो ।
विभिन्न कार्यक्रमका लागि छुट्याइएको बजेट यस्तो छ
मन्त्रालयका अनुसार
- मन्त्रालयका अनुसार अनुगमन, मूल्यांकन तथा योजना सुदृढीकरणका लागि ६ करोड,
- एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रमका लागि १३ करोड ४ लाख ३१ हजार,
- एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रमका लागि ९६ करोड ९६ लाख २० हजार,
- एकीकृत बाल स्वास्थ्य एवं पोषण कार्यक्रम १ अर्व ६२ करोड ४९ लाख ६० हजार,
- इपिडिमियोलोजी, औलो, कालाजार नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापन कार्यक्रमका लागि ३४ करोड १७ लाख ७० हजार
- अपांगता रोकथाम तथा कुष्टरोग नियन्त्रण कार्यक्रमका लागि ४ करोड १० लाख २० हजार,
- अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणालीका लागि २६ करोड ४५ लाख १३ हजार,
- राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका लागि पाँच करोड २५ लाख,
- राष्ट्रिय तालिम कार्यक्रमका लागि तीन करोड ९९ लाख,
- क्षयरोग नियन्त्रण कार्यक्रमका लागि १३ करोड २९ लाख ८१ हजार रुपैयाँ छुट्याएको छ ।
- मन्त्रालयले प्रदेशमा उपचारात्मक सेवा कार्यक्रम सञ्चालन गर्न ४२ करोड ९७ लाख ८८ हजार,
- नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमका लागि ६७ करोड ४४ लाख २६ हजार र
- आयुर्वेद सेवा कार्यक्रमका लागि ११ करोड ६२ लाख ७४ हजार रुपैयाँ व्यवस्था गरेको छ ।
कुन प्रदेशलाई कति ?
प्रदेशस्तरमा चलाउने यी कार्यक्रमका लागि मन्त्रालयले कुन प्रदेशमा कति बजेट जाने भन्नेपनि टुंगो लगाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी बजेट प्रदेश नं. ५ ले पाएको छ । त्यस्तै सबैभन्दा कम सुदुरपश्चिम प्रदेशको भागमा परेको छ ।
- प्रदेश नं. ५ - ७६ करोड ५६ लाख ५९ हजार,
- प्रदेश नं १े - ७५ करोड ५७ लाख १३ हजार ,
- प्रदेश नं.२ - ७४ करोड ८७ लाख ५ हजार,
- प्रदेश नं ३ - ७४ करोड ३ लाख ९४ हजार ,
- कर्णाली प्रदेश - ६७ करोड ७५ लाख ३३ हजार ,
- गण्डकी प्रदेश -६० करोड ७९ लाख २२ हजार,
- सुदुरपश्चिम प्रदेश - ५८ करोड २२ लाख ५७ हजार