सुदुरपश्चिम प्रदेशका ठूला सरकारी अस्पतालको अवस्था दयनीय
भारतीय अस्पतालमा लुटिन्छन् नेपाली नागरीक

डडेल्धुरा, २४ साउन । सुदुरपश्चिम प्रदेशभरका ठूला सरकारी अस्पतालको अवस्था दयनीय रहेको पाइएको छ । विशेषज्ञ चिकित्सकको अभाव हुँदा विरामी उपचारका लागि भारत जान बाध्य भएको छन् । उनिहरुले भारतका अस्पतालहरुमा समान्य उपचारका लागि पनि लाखौ खर्च गर्नुपर्ने बाध्यता छ ।
सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको ठूलो सरकारी अस्पताल सेती अस्पताल २०४० सालको दरबन्दीमा चलिरहेको छ । सरकारी स्वीकृत ५० शैया अस्पतालमा व्यवस्थापन समितिले २ सय ५० शैयासम्म चलाएको छ । २३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा १४ जनाको दरबन्दी रिक्त छन् । तीन वर्षअघि थपिएको कार्डियोलोजी (मुटुरोग विशेषज्ञ) को दरबन्दीमा अहिलेसम्म चिकित्सक नै आएका छैनन् ।
‘दरबन्दी कायम छ, लामो सयमबाट डाक्टर आउँदैनन् । ५० शैयाको स्वीकृतिमा पाँच गुना बढी शैया चलाउनु परेको छ । अनि गुणस्तरीय सेवा कसरी हुन्छ ?’ सेती अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेले प्रश्न गरे । ‘प्रदेश मातहत आएपछि अझ समस्या थपीएका छन्’ उनले भने ।
कैलाली जिल्लाको धनगढीमा निजी क्षेत्रको लगानीमा दुई ठूला अस्पताल छन् । धनगढीको हसनपुरमा तीन शैयाको भेन्टिलेटरसहित १० शैयाकोे आईसीयू भएको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालनमा छ । त्यस्तै धनगढीकै चटकपुरमा त्यत्तिकै क्षमताको माया मेट्रो अस्पताल सञ्चालित छ । नवजीवन अस्पतालले ६ शैयाको आईसीयू सञ्चालनमा ल्याएको छ ।
यी सबै निजी अस्पतालको उपचार सेवा महँगो छ । ‘यहाँका स्थानीय निजी स्वास्थ्य संस्थाको मारमा परेका छन् जती भन्छन् यती रुपियाँ तिर्नु पर्छ ।’ स्थानीय युवा मुकेश सिहँले भने ‘हामीले त निशुल्क पाईने औषधिको पनि बढी मुल्य हाल्नुपर्छ ।’
यहाँ सस्तोमा उपचार पाइने सरकारी अस्पतालको अवस्था दयनीय छ ।
बेलायती मिसनले २०२२ सालमा डडेल्धुरामा खोलेको टिम अस्पताललाई अहिले डडेल्धुरा अस्पताल नाम दिइएको छ । उपक्षेत्रीय बनाउन यहाँका नेता तथा जनताले आन्दोलन गरे । उपक्षेत्रीय घोषण भयो । घोषणा भएकै राती अस्पतालमा महँगो उपकरणहरु चोरी भई बझङ पुगे ।
त्यहाँबाट उपकरण ल्याउन सफल भएका नेताहरुले विशेषज्ञ डाक्टरको लागि भने पहल गर्न सकेनन् । अस्पतालका लागि सरकारले तीन सय शैया स्वीकृत गरेको छ भने त्यसमा १९ जना विशेषज्ञसहित १०९ जना स्वास्थ्यकर्मीको दरबन्दी छ ।
‘तर अहिले मेडिकल अफिसरसहित १० जना मात्रै चिकित्सक छन् । दरबन्दीअनुसारको जनशक्ति नभएकाले उपचारमा समस्या छ’, डडेल्धुरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले भने ‘बेलायती मिसनले हात झिकेपछि टिम अस्पताललाई २०७० सालमा डडेल्धुरा उपक्षेत्रीय अस्पताल घोषणा भएको हो । अहिले अधिकांश डाक्टरहरु संघमा सरुवा भएका छन् ।’
अञ्चल अस्पताललाई झैं एकपटक प्रदेश सरकार मातहत राखिएको डडेल्धुरा अस्पताललाई अहिले संघ सरकार मातहत राखिएको छ । तर संघीय सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाएको र अस्पतालको स्तरोन्नतिका लागि बजेट पनि नदिएपछि त्यसको अवस्था दयनीय छ ।
‘डडेल्धुरा अस्पताललाई संघीय सरकारले कुनै सहयोग गरेको छैन । अहिलेसम्म प्रदेश सरकारले दिएको रकमले चलिरहेको छ’, अस्पतालका मेडिकल जितेन्द्र कँडेलले भन्छन्, ‘फागुन यता केन्द्र सरकारले सेवा विस्तार र मेसिन औजार खरिदका लागि बजेट पठाएको छैन ।’
महाकाली अञ्चल अस्पतालको अवस्थाझनै दयनीय
उता महाकाली अञ्चल अस्पतालको अवस्था झनै दयनीय छ ।
साविकको महाकाली अञ्चल अस्पताल विकास समिति (गठन) आदेश २०४५ राजपत्रमा प्रकाशित भई ‘महाकाली अञ्चल अस्पताल’ विधिवतरुपमा स्थापना भएको ३१ वर्ष पुगेको छ ।
अस्पताल स्थापनाको तीन दशक बढी भएपनि जनता भने डाक्टरकै पर्खाइमा छन् ।
तर, डाक्टर आउने छाँट कसैगरी देखिन्न । २९ जना डाक्टरहरुको दरबन्दीमा १ जनामात्रै स्थायी डाक्टर पठाउने तर नाम भने ‘परिर्वतन भई महाकाली अस्पतालको भिराइदिने नेपाल सरकारलाई देखेर पंतिकार आश्चर्यचकित छन् ।
जनताको स्वास्थ्यजस्तो गम्भीर कुरामा यसरी खेलवाड गर्ने सरकारको रवैया देख्दा अचम्मित नहुने अति थोरै होलान् । सिंगो देशले नै केही नयाँ, सकारात्मक तथा आत्मनिर्भर हुनुपर्ने कार्य गर्नुपर्छ भन्ने अठोट जागेका बेला जनताको जनस्वास्थ्यप्रति सरकारको उदासीनता घामजस्तै छर्लंग भएको छ ।
विगत दुई महिनायता भारतीय नाकाबन्दी तथा पूर्वी तराईमा चलिरहेको आन्दोलनले देश बन्धक भएका बेला अस्पतालको भोगाइ तथा जनताका स्वास्थ्य समस्याको उठान नमिठो लाग्न सक्छ । तर, सदियौंदेखि स्वास्थ्य समस्याले उठ्नै नसक्ने गरी थिचिएका जनताका स्वास्थ्य समस्या भारतीय नाकाबन्दी तथा हस्तक्षेप भन्दा कम छैनन् ।
महँगो उपकरण सञ्चालन गर्ने दक्षय जनशक्ती अभावमा काम नलाग्ने भईसकेको अस्पताल स्रोतको भनाई छ ।
कञ्चनपुरका नागरिकले पनि आफनो संविधानमा उल्लेख भएको आधारभुत स्वाथ्य सेवा पाउने हक हुने छ भन्ने मौलीक हकबाट पनि बञ्चीत हुनु परेको छ ।
भारतीय अस्पतालमा लुटिन्छन् नागरीक
सुदूरपश्चिम प्रदेशका ग्रामिण क्षेत्रका नागरीक तथा सिमा क्षेत्र नजिकै रहेका नागरिकले भारतका अस्पताहरुमा आफुहरु लुटिने गरेको बताएका छन ।
‘समान्य हड्डीमा चोट लागेर भारतको पलीयामा उपचार गरे । कंन्चनपुरकी स्थानिय कमला भन्छिन् ‘२ महिनामा मात्र निको हुन्छ भनेर मोटो रकम लियो ।’ अझैपनि यहाँका नागरीक सस्तो हुनेभन्दै भारतिय सिमा नजिक रहेका अस्पतालहरुका धाउने गरेका छन । उपचार त त्यस्तै हो गाँउका सोझा–साझाहरु उल्टै लुटिएर आउने गर्दछन ।