नेशनल मेडिकलले निः शुल्क उपचार गरेवापत सरकारसँग लियो ३१ लाख



Download our app to get more features

जनकपुर, २३ साउन । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले हावाहुरी प्रभावितलाई गरेको निः शुल्क उपचार बापत सरकारसँग उपचार खर्च लिएको छ ।

बुधबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गरी नेशनल मेडिकल कलेजलाई हावाहुरीका घाइते भएकाहरुको उपचार गर्दा लागेको खर्च वापत झन्डै ३१ लाख उपलब्ध गराइएको बताए । 

गत चैत १८ गते बारा र पर्सामा आएको हावाहुरीमा घाइते भएकाहरु मध्ये झन्डै २ सय ३३ जनाको उपचार गरेको बिल कलेजले पेश गरेपछि प्रदेश सरकारले सो खर्च उपलब्ध गराएको मुख्यमन्त्री राउतले जानकारी गराए ।

कलेजलाई ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँको चेक प्रदान गरिएको छ ।

यस्तै वीरगञ्ज हेल्थ केयरलाई ५५ जना घाइतेको उपचार गरे वापत १३ लाख ६३ हजार ५६ को चेक प्रदान गरिएको छ । 

निःशुल्क उपचार भनेर सरकारसँग किन पैसा लिएको भन्ने प्रश्नमा नेशनल मेडिकल कलेजका प्रतिनिधि अबिद हुसेन अन्सारीले यसबारे थाहा नभएको बताए ।
 

Last modified on 2019-08-08 10:50:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts