प्रा.डा. राजकुमार रौनियार ४८ लाख धरौटीमा रिहा 



Download our app to get more features

काठमाडौं, २२ साउन । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियार धरौटीमा रिहा भएका छन् ।

रौनियार ४८ लाख र उनका भतिजा रामहरि रौनियार ४ चार लाख धरौटीमा रिहा भएका हुन् । विशेष अदालतका न्याधिश बाबुराम रेग्मी, द्धारिकामान जोशी र प्रमोदकुमार क्षेष्ठको संयुक्त इजालसले उनीहरुलाई धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएको हो । 

१९ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उपकुलपति रौनियारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । रौनियार माथि विशेष अदालतमा एक करोड २८ लाख रुपैयां र उनका भतिजा रामहरि रौनियारमाथि ८ लाख विगौ कायम गरेर मुद्दा दायर गरेको थियो । यसअघि रौनियारद्वय २६ असारमा प्रतिष्ठानबाटै ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । 
 

Last modified on 2019-08-08 10:49:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts