मलेसिया जानका लागि स्वास्थ्य जाँच गराउने ३१ स्वास्थ्य संस्था सरकारद्वारा सूचिकृत, हेर्नुहोस् सूचि...

काठमाडौं, २१ साउन । सरकारले मलेसिया जानका लागि स्वास्थ्य संस्थाहरुको सूची सार्वजनिक गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्थाहरुको मापदण्ड पुरा भएको भन्दै ३१ वटा स्वास्थ्य संस्थाहरुलाई सूचिकृति गरेको छ ।
मन्त्रालयले जारी गरेको सूचनाका आधारमा आवेदन दिएका ५८ वटा स्वास्थ्य संस्था मध्ये अनुगमन गर्ने क्रममा २२ वटा मापदण्ड नपुगेको, ५ वटा बन्द भएको र ३१ वटा मापदण्ड पुुरा भएको पाइयो ।
सूचीकृत हुने स्वास्थ्य संस्थामा काठमाडौं त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल, ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल सहित केहि कर्पोरेट अस्पताल पनि परेका छन् । अब मलेसिया जाने व्यक्तिले सूचीकृत संस्थाबाट मात्रै स्वास्थ्य परिक्षण गराएर जान पाउने छन् ।
अब मलेसिया जाने व्यक्तिले सूचीकृत संस्थाबाट मात्रै स्वास्थ्य परिक्षण गराएर जान पाउने छन् ।
यस्तो छ सूचिकृति गरिएको स्वास्थ्य संस्थाहरुको सूचिः