अाैषधि व्यवस्था विभागका महानिर्देशक ढकालकाे सरुवा कार्यान्वयन नगर्न सर्वाेच्चकाे अादेश



Download our app to get more features

काठमाडौं, २१ साउन । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको सरुवा कार्यान्वयनमा नल्याउन सर्वाेच्च अदालतले आदेश दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको समायोजन पछि पदस्थापन गर्दा ढकालको सरुवा विभाग मातहतकै औषधि प्रयोगशालामा गरेको थियो । यता विभागको प्रमुख भने ढकालभन्दा एक तह कनिष्ट विभागमै कार्यरत १० औं तहका पानबहादुर क्षेत्रीलाई बनाएको थियो ।

ढकालले कनिष्ट कर्मचारी हाकिम रहेको विभाग मातहतको कार्यालयमा पदस्थापन गरिएपछि असन्तुष्ट हुँदै २९ असारमा सर्वाेच्च अदालत पुगेका थिए । मंगलबार न्यायाधिस कुमार रेग्मी र ईश्वर खतिवडाको संयुक्त इजालसले ढकालको सरुवा कार्यान्वयनमा नल्याउन आदेश दिएको हो ।

Last modified on 2019-08-07 08:35:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts