आयुर्वेद स्नातकको लाइसेन्सिङ परीक्षा १४ भदौमा

काठमाडौं, २१ साउन । आयुर्वेद चिकित्सा परिषद्ले आयुर्वेद स्नातक तह उत्तिर्णको स्थायी नाम दर्ता (लाइसेन्सिङ) परीक्षाको मिति सार्वजनिक गरेको छ ।
आयुर्वेद चिकित्सा परिषद् परीक्षा सञ्चालन समितिले आगामी १४ भदौमा परीक्षा हुने जनाएको छ ।
समितिद्वारा जारी सूचना अनुसार आयूर्वेदमा स्नातक उतिर्णहरुले २ भदौसम्म फारम भर्नसक्ने छन् । साथै ९ भदौसम्म विलम्व दस्तुर तिरी फारम भर्न सक्नेछन् । परीक्षा दस्तुर २ भदौसम्म ३ हजार ५ सय र विलम्व दस्तुरबापत चार हजार लाग्नेछ । परीक्षा दस्तुर परिषद्को ग्लोबल आइएमइ बैंक क्षेत्रपाटि शाखा र राष्ट्रिय वाणिज्य बैंक सिंहदरवारमा जम्मा गर्नुपर्ने छ ।
फारम भर्दा निम्म कागजात सम्लग्न गर्नुपर्ने छ ।
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- एसएलसीदेखि माथिको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि
- बी- ए- एम- एस- उत्र्तिण गरी कम्तिमा ६ महिना इन्र्टनसिप पुरा गरेको सम्बन्धित क्याम्पसको पत्र
- अस्थायी दर्ता प्रमाण पत्रको प्रतिलिपि
- हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
- परीक्षा दस्तुर बुझाएको सक्कल भौचर
Last modified on 2019-08-06 16:27:56