कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना    



Download our app to get more features

काठमाडौं, २१ साउन ।  कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधिसभा सांसद प्रकाशमान सिंहलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

केहीदिन अघिदेखि नै अस्वस्थ भएका नेता सिंहलाई सोमबार अस्पताल भर्ना गरिएको हो । 

उनलाई मधुमेह, पिसाब संक्रमण, उच्च ज्वरो आएका कारण भर्ना गरिएको अस्पतालले जनाएको छ ।

 उनलाई अझै केही दिन अस्पतालमा राखेर उपचार गरिने भएको छ ।  

अस्पतालकाअनुसार उनलाई मेडिसिटी अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. मिमी गिरी नेतृत्वको टोलीले उपचार गरिरहेको छ । 
 

Last modified on 2019-08-07 08:34:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts