सुदूरपश्चिममा स्तनपान गराउने आमाको संख्या घट्दै



Download our app to get more features

डडेल्धुरा, साउन २१ । सुदूरपश्चिम प्रदेशमा स्तनपान गराउने आमाको संख्या घट्न थालेका छन् । शिशुलाई ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्न थालेका हुन् । 

कतिपय महिलाहरु सुत्केरी भए पश्चात आफ्नो बच्चालाई स्तनपान नगराउने गरेको पाइन्छ । तर चिकित्सकहरुले भने बच्चा जन्मेको ६ महिनासम्म आमाको दुध बाहेक अन्य कुनै पनि पेय पद्धार्थ पिलाउन नहुने यहाँका स्वास्थ्यकर्मीले भनाई रहेको छ । 

आमाको दूधको आवश्यकता पर्ने शिशुलाई आमा घरायसी काममा तथा रोजगारीका लागि कार्यालयमा गएपछि घरपरिवारले गाईभैँसी वा बट्टाको दूध खुवाउने गरेका छन् । गाईभैँसी र बट्टाको दूध शिशुको स्वास्थ्यका हिसाबले ठीक नभएको पोषण पुर्नस्थापना केन्द्र डडेल्धुराकी संयोजक कल्पना भट्टले बताइन । उनले भनिन– ‘आमाले बच्चालाई राम्रोसँग स्तनपान गरायो भने मात्र कुपोषणलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।’ 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्णरुपमा छ महिनासम्म स्तनपान गराउने पाँच दशमलव दुई प्रतिशत आमा रहेका छन् । देशभरिका ग्रामीण क्षेत्रमा पूर्ण स्तनपान गराउने आमा चार दशमलव पाँच प्रतिशत र शहरी क्षेत्रमा पूर्ण स्तनपान गराउने आमाको संख्या तीन दशमलव ९ प्रतिशत रहेको छ ।

तीन महीनासम्म स्तनपान गराउने ७२ दशमलव २, पाँच महीनासम्म स्तनपान गराउने ४० दशमलव ९ प्रतिशत रहेका छन् । सर्भेक्षण अनुसार सन् २०११ मा ५३ प्रतिशत र सन् २०१६ मा ६६ प्रतिशत आमाले मात्रै पूर्णरुपमा स्तनपान गराएको पाइएको छ । त्यसपछिका वर्षमा पूर्णरुपमा स्तनपान गराउने आमाको संख्या घट्दै जान थालेको छ ।

सामान्यतया ६ महिनापछि मात्रै अन्नप्राशन गराउने परम्परागत चलन भए पनि हाल तीनदेखि चार महीनाभित्रै पनि भातको माड र अन्य खानेकुरा खुवाउने चलनसमेत बढ्न थालेको  भट्टले बताइन । ‘शिशुलाई प्रतिदुई घण्टामा स्तनपान गराउनुपर्ने भए पनि त्यो हुनसकेको छैन’, पोषण पुर्नस्थापना केन्द्रकी संयोजक भट्टले भनिन ‘जसका कारण शिशुको वृद्धि विकासमा अवरोध आउनुका साथ पोषणको कमीले शिशु रोगी हुनेक्रम बढ्दो छ ।’

६ महिनासम्म आमाको दूध नै शिशुलाई पर्याप्त हुने भए पनि बट्टाको दूध खुवाउने कार्यले शिशुमा झाडापखाला लाग्ने र त्यसका कारण तौल घटने र शिशु कमजोर हुनेहुँदा आमाको दूध नै उत्तम भएको उनको सुझाव छ ।
 

Last modified on 2019-08-07 08:32:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts