काठमाडौं उपत्यकामा बेवारिसे कुकुरको बिगबिगी



Download our app to get more features

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा अहिले कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या पनि बढ्न थालेको छ । 

उपत्यकामा मात्रै दैनिक झण्डै तीन सय जना कुकुरको टोकाइको सिकार हुने गरेका छन् । यकिन तथ्याङ्क नभए पनि कुकुरको टोकाइका कारण काठमाडांै उपत्यकामा मात्रै वर्षभरीमा ६० जनाको मृत्यु हुने गरेको छ ।घरपालुवा भन्दा छाडा कुकुरको आंतक धेरै रहेको भएपनि वेवारिसे तथा सामुदायिक कुकुर नियन्त्रण भने हुन सकेको छैन । 

खुला ठाउँमा छोडिएका यस्ता बेबारिसे कुकुरले सर्वसाधारणलाई टोकेर हैरान बनाउने गरेको छ । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका दैनिक सयौं बिरामी आउने गरेका छन् । 

कुकुरको टोकाइको सिकार भएकी ९ बर्षिय विनिता भूजेल पनि उपचारका लागि अस्पतालल आएकी छन् । त्यस्तै अर्का एक बालकलाई  पनि कुकुरले टोकेपछि अस्पताल ल्याइएको छ । उनीहरु कोही खेल्दै थिए भने कोही शैचालयबाट फर्किने क्रममा कुकुरले टोकेपछि अस्पताल आईपुगेका हुन् । 

कुकुरको टोकाइकै कारण आईतबार मात्र २ जनाको मृत्यू भयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.वासुदेव पाण्डेका अनुसार बर्षेनी कुकुरको टोकाईबाट लाग्ने रेजिब रोगबाटै करिव ५० जना भन्दा बढीको ज्यान जाने गरेको छ । रेविज लागेको सात देखि १० दिन भित्र बिरामीको मृत्यू हुने गर्दछ । 

काठमाण्डौ उपत्यकाका दुई प्रमुख महानगरपालिका काठमाण्डौ र ललितपुरले कुकुरहरुको संख्या नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको धेरै भयो, तर काम भने हुन सकेको छैन । बन्ध्याकरण विधिमार्फत बेवारिसे कुकुरहरुको व्यवस्थापन गर्नका लागि वर्षेनी मोटो रकम खर्च भइरहेको छ । तर नतिजा भने शुन्य जस्तै ।
 

Last modified on 2019-08-06 12:40:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts