सर्पको टोकाईबाट कपिलवस्तुमा २ जनाको मृत्यु, सर्पदंशका बिरामीको संख्या बढ्यो



Download our app to get more features

रुपन्देही, २१ साउन । सर्पको टोकाईबाट कपिलवस्तुको बाणगंगा नगरपालिकामा २ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ बर्षिय तेज प्रसाद खनाल र वडा नंं. ३ का ५० बर्षिया शुभमाया थापा रहेका छन् । उनीहरुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

खनाललाई आइतबार साँझ घरबाट लक्ष्मणघाट बोलबम जाने क्रममा गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्रका नविन भण्डारीले  खनाललाई समयमै अस्पत्ताल ल्याउन नसक्दा ज्यान गएको बताए ।

थापालाई सोमबार विहान सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो समय सर्पदंस उपचार केद्र गोरुसिंगेमा सर्पदंसका बिरामीहरुको संख्या बढेको उपचार केंद्रले जानकारी दिएको छ  ।
 

Last modified on 2019-08-07 08:33:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts