शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई टेकुबाट अन्यत्र सार्ने प्रस्ताव 



Download our app to get more features

काठमाडौं, २० साउन । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्यत्र सार्ने प्रस्ताव अगाडि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रालयस्तरीय विकास समाधान समिति बैठकमा सो प्रस्ताव राखिएको हो । बैठकले १४ बुँदे प्रस्तावको विषयमा छलफल गरेको थियो । त्यसमध्ये एक हो टेकु अस्पतालल सार्ने । 

मुलुकको एक मात्र सुरुवा रोगको अस्पताल घना बस्तिको बिचमा रहेकोले सरुवा रोग बिरामीबाट अरुमा सजिलै सर्न सक्ने र अस्पताल भवनको अभाव रहेकाले अन्यत्र सार्न प्रस्ताव गरिएको बताइएको छ । 

आइतबार मन्त्रालयमा बसेको बैठकको निणर्यमा अस्पताल सार्ने विषयमा भनिएको छ 'शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल मुख्य शहरी क्षेत्र र घना वस्तीको बीचमा रहेकोले यस अस्पतालको प्रकृति अनुसार अस्पतालको भौतिक संरचना वस्ती भन्दा टाढा राख्नका लागि आवश्यक जग्गाको व्यवस्था सम्वन्धमा ।'

Last modified on 2019-08-05 16:58:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts