शिशुलाई रोगको संक्रमणबाट जोगाउनु छ भने नियमित स्तनपान गराउनुहोस्
स्तनपान बच्चाको लागि अमृत समान हो । बच्चा जन्मेको बढीमा १ घण्टाभित्र स्तनपान गराई हाल्नुपर्छ । बच्चा जन्मनासाथ तुरुन्त स्तनपान नगराएमा दूध भित्रभित्रै गान्निएर कडा हुन गई स्तनपान गराउन नसक्ने अवस्था आउने गर्दछ । त्यसैले बच्चा जन्मनासाथ तुरुन्त स्तनपान गराई हाल्न विज्ञहरूले सुझाव दिएका छन् ।
आमाको दूध प्राकृतिक हुने भएकाले यसमा बालबालिकाको शरीर हुर्कनलाई चाहिने सबै किसिमको पोषण तत्वहरु ठीक मात्रामा हुन्छ । आमाको दूधमा प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेटलगायत भिटामिन डी, सी, ई र ए जस्ता तत्वहरु पनि पर्याप्त मात्रामा पाइन्छ । आमाको दूध नियमित खुवाइएका शिशुहरू स्वास्थ्य एवम् हृष्टपुष्ट हुन्छन् । त्यसकारण नवजात शिशुलाई ६ महिनासम्म नछुटाइकन दूध खुवाउनु अत्यन्तै जरुरी छ । कहिलेकाही“ स्तन कडा बन्दै गई दुख्ने, दूध नआउने, बच्चाले चुस्न नसक्नेजस्ता कारणले पनि शिशुहरू स्तनपान गर्नबाट वञ्चिन रहन्छन् ।
स्तनपानले शिशुका लागि मात्र नभएर आमाको स्वास्थ्यमा पनि निकै फाइदा पुग्ने विज्ञहरूको भनाई छ । स्तनपान गराउन ढिला भएमा आमाको दूध गान्निन पुगी भित्रभित्रै पाकेर चिर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले यस्तो समस्या देख्ने वित्तिकै सम्बन्धित चिकित्सक कहाँ जचाउन गइहाल्नुपर्छ । कतिपय अवस्थामा बच्चाले खाएर बा“की रहेको दूध पनि भित्रभित्रै गान्निन सक्छ । त्यसैले बच्चाले चुसेपश्चात बाँकी रहेको दूध तानेर फालिदिने गर्नुपर्दछ या फ्रिजमा राखेर तताई खुवाउन पनि सकिन्छ ।
कहिलेकाही आमाको स्तन निकै कडा भएर स्तनपान गराउन नसक्ने अवस्थामा आए घरमै तातोले हल्कारूपमा सेक्नुपर्ने डा. जोशी बताउनुहुन्छ । यसरी सेक्दै गएमा विस्तारै स्तन नरम हु“दै जान्छ र दूध निस्कन सहयोग पुग्छ । यदि स्तन धेरै कडा भएमा दुवै साइडतिर छुट्टछुट्टै कपडाले हल्का बाधिदिनुपर्छ, जसले गर्दा छेउछेउबाट स्तनलाई हल्का बल पुगी भित्र गान्निएको दूध बाहिर निस्कन मद्दत पुग्छ ।
स्तनपान गराउनका लागि आमा शारीरिक एवम् मानसिकरूपले तन्दुरुस्त हुनु जरुरी छ । यसका लागि आमाले गर्भावस्थादेखि नै पौष्टिक आहार दूध, घिउ, गेडागुडी, माछामासु, फलपूmल, हरिया सागपात तथा झोलीय खानेकुरा खानुपर्दछ । सुत्केरी अवस्थामा घरमै बनाएर खुवाइने घरेलु औषधि खानेकुराको पनि उत्तिकै महत्व छ त्यसैले त्यस्ता खानामा बढी जोड दिनुपर्दछ ।
हिजोआज कतिपय आमाहरू स्तनपान गराएमा आमाको सुन्दरतामा ह्रास आउने, तौल घट्ने, स्तनको आकार बिग्रिनेजस्ता भ्रमका कारण आफ्नो दूधको सट्टा बजारमा पाइने कृत्रिम दूध खुवाउने गरेको पाइन्छ । कृत्रिम दूध बोतलबाट खुवाउँदा बच्चालाई संक्रमण भई झाडाबान्ता, निमोनिया, आउ“जस्ता रोग लाग्नुका साथै कुपोषण पनि हुनसक्छ । विस्तारै बच्चाको स्वास्थ्य बिग्रदै गई आँखा कमजोर हुने, बौद्धिक क्षमताको विकासमा बाधा पुग्नेजस्ता लक्षणहरू देखापर्दछन् । स्तनपानले आमा र बच्चाको सम्बन्धमा सुमधुरतासमेत प्रदान गर्दछ ।
६ महिनासम्म निरन्तर स्तनपान गराएमा शिशुको स्वास्थ्य राम्रो बन्छ । ६ महिना पश्चात अन्य खानेकुारको आवाश्यक्ता पर्ने भएपनि ६ महिनासम्म शिशुको पोषण आमाको दूधमा भरपर्दछ । स्तनपानले शिशुलाई मात्र नभएर आमालाई पनि फाइदा पुग्छ । स्तनपान गराउने महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने संभावना कम हुन्छ ।
स्तनपान कसरी गराउने
- सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुदैन । यसरी स्तनपान गराउँदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ । आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउ“दा आमाको स्तनले बच्चाको नाक थुनिएर सास फेर्न गाह्रो भई मृत्युसमेत हुन सक्छ ।
- दूध खाइसकेपछि बच्चालाई माथि उठाएर डकार गराउनुपर्दछ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार गर्दा हावा बाहिर फालिन्छ अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट रोकिन्छ ।
- राति सुतेको बेला कतिपय आमाले बच्चाको मुखमा आफ्नो स्तनको निप्पल राखिदिने र त्यतिकै निदाउने गर्छन् । लामो समयसम्म बच्चाको मुखले निप्पल भिजिरहेमा आमाको स्तनमा संक्रमण हुन सक्छ । त्यसैले बच्चाले चुसिसकेपछि निप्पल बाहिर निकालिदिनुपर्छ ।
- स्तनभरी घाउ, खटिरा आदि आएमा सोही स्तन निचोरेर दूध लगाइदिएमा औषधिको काम गर्दछ ।
- बच्चाको दूध चुस्न नसकेमा स्तनबाट दूध निकालिदिनुपर्छ नत्र त्यही दूध गान्निएर पाक्ने सम्भावना हुन्छ ।
- एकपटक बोतलको दूध खुवाउने बानी लागेपछि बच्चा आमाको दूध खान अप्ठ्यारो महसुस गर्दछन् । त्यसैले सकेसम्म बोतलको दूध बच्चालाई नखुवाउने, खुवाउनै पर्ने बाध्यता भएमा चम्चामार्पमार्फत खुवाउने, किनकि बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई विभिन्न रोग लाग्न सक्छ ।