लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा



Download our app to get more features

रुपन्देही, १९ साउन । प्रदेश नं ५को सबै भन्दा पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नै व्यबस्थापनमा फार्मेसी (औषधि पसल) सञ्चालनमा आएको छ । १सय ७ बर्षमा अस्पतालले आफनो फार्मेसी संञ्चालन गरेको हो। प्रदेश सरकार समाजीक बिकास मन्त्रालयको पहलमा गत शुक्रबार देखी अस्पतालको आफनै फार्मेसी सुरु भएको छ । 

२०७२ सालमा स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालले आफै फार्मेसी सुरु गर्नुपर्ने नियर्ण गरेपनि  अस्पालले  नामको मात्रै फार्मेसी संञ्चानमा ल्याएको थियो । अस्पतालको फार्मेसी सुरु गर्दाको दिननै  राम्रो बिक्री भएको र अब दैनीक ३ लाख भन्दा बढीको  औषधि बिक्रि गर्ने लक्ष्य रहेको  अस्पताललका मेसु डा कृष्ण प्रसाद खनालले बताए । 

२०७२ सालदेखी टेन्डर पारेर फार्मेसी संञ्चालन गर्दै आएको एक निजी फार्मेसीले मासिक  १४ लाख भन्दा बढी भाडा तिदै आएको भएपनि अस्पताल बिकास समितिले आफै संञ्चालन गर्ने निर्णय भएपछि निजी फार्मेसीले  दिएको समय भन्दा एक महिना ढिला भएको अस्पतालले जनाएको छ ।

उता प्रदेस ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले  अस्पतालको फार्मेसीका बिषयमा  निकै दवाब आएको बताए ।  दबाबका बाबजुतपनि हामीले अस्पतालको आफै फार्मेसी संञ्चालनमा ल्याएका छौ । हामीले यो फार्मेसीलाई २४ घन्टा नै संञ्चालन गर्ने तयारीमा रहेको मन्त्री बरालले बताए । उनले  शुक्रबार  देखी संञ्चालन भएको फार्मेसीलाई अनुगमन गरेका छन।

उनले अस्पतालमा आउने बिरामीले औषधि  फार्मेसीमा पाउने गरि सबै औषधि राख्न अस्पताललाई निर्देशन दिएका छन । अस्पतालले पनि कस्तो मोडमा फार्मेसी संञ्चालन गर्ने  भन्ने उदेश्यका साथ   अन्य सरकार अस्पतालमा संञ्चालनमा  रहेका अस्पताललमा अध्ययन गरेर आएको बताएका छन । अस्पताललका मेसु डा कृष्ण प्रसाद खनालले भने  हामीले  सबै क्षेत्रमा देखेर आएका छौ ।  कुनै औषधि अभाब नहुने तरिकाले  अस्पतालको फार्मेसी संञ्चालनमा ल्याउछौ ।

Last modified on 2019-08-05 16:57:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts