पराजुली समाजको रक्तदान कार्यक्रममा ८५ जनाले गरे रक्तदान



Download our app to get more features

काठमाडौं, १९ साउन । 'आज अरुका लागि भोलि आफ्ना लागि' भन्ने मुल नारा बनाएर पराजुली समाज केन्द्रिय युवा समितिले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

शनिबार कोटेश्वर स्थित समितीको कार्यालयमा आयोजना गरिएको सो कार्यक्रममा ८५ जना रक्तदाताहरुले रक्तदान गरेका छन।

कार्यक्रम को उद्द्घाटन पराजुली समाज केन्द्रिय कार्य समिती अध्यक्ष कुल प्रसाद पराजुलीले गरेका थिए भने पहिलो रक्तदाता समाजका महासचिव श्री नवराज पराजुली थिए । रगतको अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भनी रगतको अभावलाई केही मात्रामा भएपनी कम गर्न सकियोस भनी कार्यक्रम आयोजना गरिएको युवा समिती का सचीव श्री विष्णु प्रसाद पराजुलीले बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts