नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान



Download our app to get more features

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका छन् । 
शनिबार राति १० बजे सिल्क एयरबाट उनी पत्नि राधा सहित त्यसतर्फ गएका हुन् । उनले सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गराउने छन् ।

प्रधानमन्त्रीसँग प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन् । स्वास्थ्यमा समस्या थपिएपछि प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका हुन् ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले उनलाई सिङ्गापुर जान सुझाव दिएका थिए ।

ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्ड गएका थिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ ।

Last modified on 2019-08-05 16:56:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts