बिरामी आमाले यसरी गराउँ स्तनपान ...
आमा र बच्चाको सम्बन्धको व्याख्या गरिरहनु पर्दैन ।
विशेषगरी दुध मात्रै खाने बच्चाका लागि आमाको दुधको कति महत्व हुन्छ त्यसबारेमा भनिरहनुपर्दैन् । सध्य अवस्थामा त आमाले आफ्नो बच्चालाई मिलेसम्म दुध चुसाइ नै रहेकी हुन्छिन् । तर स्वयं आमा नै बिरामी पर्दा बच्चालाई कसरी स्तनपान गराउने त? आउनुस् चर्चा गरौं :
- बिरामी आमाले पनि सकेसम्म बच्चालाई अन्य आहाराको सट्टा स्तनपान नै गराउनुपर्छ ।
- आमालाई यदि धेरै ज्वरो र पसिना आएमा दूध कम बन्छ । यसो हुनबाट जोगिनका लागि तरल पदार्थ धेरै पिउनुहोस् ।
- स्तनपान गराइरहनुहोस् ।
- उठेर स्तनपान गराउन गाह्रो भए भएपनि सुतेर स्तनपान गराउन छोड्नुहुदैन् ।
- यखि दुध राम्ररी आफै आइरहेको छैन् भने हातले दूध निकाल्नुपर्छ (आवश्यक परे अरूको मद्दत लिने)
- बच्चालाई संक्रमणबाट बचाउन स्तन वा बच्चालाई छुनुअगाडि साबुन पानीले राम्रोसँग आफ्नो हात धुनुहोस् ।
सुलोचना चौधरी, बीएन नर्स
Last modified on 2019-08-03 13:07:24