निजी क्षेत्रका डाक्टरको भरमा जिल्ला अस्पताल



Download our app to get more features

डडेल्धुरा साउन १७ – डोटीको जिल्ला अस्पताल गैह्रसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा सञ्चालन हुँदै आएको छ । चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको भएतापनि उक्त अस्पताल पछिल्लो समय निजी क्षेत्रका डाक्टरले  चलारहेका छन् । 

अस्पतालमा नवौँ र दशौँ तहका दुईजना र मेडिकल अधिकृत दुई जना गरी कुल चार जनाको दरबन्दी भएपनि एकजना मेडिकल अधिकृत डा. भुषण मिश्र मात्रै कार्यरत छन् । 

उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् ।

अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन्स इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ । जसमा एमडीजीबी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान रहेका छन् ।

अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. भूषण मिश्रले बताए । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालमा दरबन्दीअनुसारका डाक्टरको संख्या कमी भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने अहिले पूर्ण रहेको छ । त्यस्तै, अस्पताललाई ५० सै्यामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ सय्या मात्रै स्वीकृत छ ।

सरकारले ५० सैयाका अस्पताल बनाउने निर्णय गरे पनि निर्णय कार्यान्वयन हुन नसकेको स्थानीयको आरोप छ । 

भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० सैयाको अस्पतालको मागसहितको फाइल स्वास्थ्य मन्त्रालय पुगेको वर्षाैं भए पनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० सैयाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।

Last modified on 2019-08-03 13:08:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts