नेपालमा ६६ प्रतिशत महिलाले मात्र पूर्ण स्तनपान गराउँछन्, बच्चामा रोग प्रतिरोधक क्षमता घट्दो



Download our app to get more features

काठमाडौं, १६ साउन । नेपालमा आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र रहेको छ । बच्चा जन्मेपछि आमाले एक घण्टा भित्र स्तनपान गराउँछन्पर्छ । आमाको दुधमा पाइने रोगसंग लड्ने प्रतिरोधात्मक तत्व बट्टाको दुधमा नपाइने हुदाँ शिशुहरुमा रोग संग लड्ने क्षमताको कमी हुँदै गएको अध्ययनले देखाएको छ । जसका कारण शिशुलाई भविश्यमा गएर कुपोषण, मोटोपना, मधुमेह लगाएतका रोग लाग्ने पनि अध्ययनले देखाएको छ । 

विश्वभरी स्तनपान अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताहा मनाइन्छ । सोहि अवसरमा विहिवार सप्ताहको पहिलो दिन स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले एक कार्यक्रम गरेको छ । 

कार्यक्रममा महाशाखाका केदार राज पराजुलीले शिशुलाई संक्रमक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइने बताए । त्यसकारण शिशुलाई जन्मिएको एक घण्टा भित्र आमाको विगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ । विगौती दुधले बालबालिकालाई भविष्यमा विभिन्न प्रकारका रोगहरुको जोखिमबाट टाढा राख्छ । साथै बाल मृत्युदर घटाउन र आमाको स्वास्थ्यमा समेत सकारात्मक असर पार्छ । शिशुलाई जन्मेको ६ महिनासम्म निरन्तर पूर्ण स्तनपान गराउनुपर्छ । 

तर नेपालको जनसांख्यीक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । यसैगरी, स्तनपान गराउनु अघि १० जना नवजात शिशुहरु मध्ये ३ जना  नवजात शिशुहरुलाई घ्यु, मह, चिनि चटाउने गरेको पाइएको छ । 

के गर्दै छ सरकार 
आमाबुबाको सक्षमता स्तनपानको सफलता नाराका साथ मनाइने यस स्तनपान दिवसमा सरोकारवालाले आमा बुवालाई सक्षम बनाउन आवश्यक रहेको पारजुलीले बताएका छन् । उनका अनुसार देशभर ७ सय ६० ठाँउमा स्थापना कक्ष निर्माण हुने छन् । स्थानिय निकायमा बच्चा बोकेर कामका लागि जाने महिलाहरुलाई लक्षित गरि स्तनपान कक्ष निर्माण गर्न लागिएको हो । साथै महाशाखाले आ.व. ०७६/७७ मा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष स्थापना गर्ने र अस्पताललाई मातृ तथा बाल मैत्री अस्पतालको विकास गर्ने प्रस्तावित कार्यक्रम रहेको छ ।  

 

Last modified on 2019-08-02 11:12:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts