म्याग्नस फर्मा दशवर्ष पूरा, डेढसय भन्दा बढि औषधि बजारमा

काठमाडौं, १६ साउन । अग्रणी औषधि उद्योगको रुपमा विकसित म्याग्नस फर्माले एक दशक पुरा गरेको छ । दशवर्षको अवधिमा फर्माले एकसय भन्दा बढि औषधि उत्पादन गर्ने गरेको जनाएको छ ।
फर्माले आफ्नो १० औं वर्ष पार गरेको अवसरमा राजधानीमा कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । सन् २००७ मा कम्पनी स्थापना भएपनि औषधि उत्पादन भने स्थापनाको दुई वर्ष पछि मात्र सुरु गरेको थियो । औषधि उत्पादन र बजरीकरण थालेको मितिले फर्माले १० वर्ष पार गरेको हो ।
फर्माले पाँच थरिका औषधि पहिलोपटक नेपालमै उत्पादन गरेको जनाएको छ । त्यसैगरी फर्माले उत्पादन गरेका ३१ औषधि नेपाली ब्राण्डका साथ बजारमा स्थापित भइसकेको प्रबन्ध निर्देशक प्रेम कुमार जाटियाले बताए । उनका अनुसार २३ जनाको मार्केटिङ टिमबाट सुरु गरिएको यस फर्मामा अहिले बजारीकरण एक सय २६ कर्मचारी रहेका छन् ।
यस फर्माले १२ वटा औषधिको उत्पादन गरेर सेवा विस्तार गरेको थियो । जुन अहिले एक सय ५० भन्दा बढि रहेको फर्माको दावी छ । साथै फर्माले विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादनका मान्यतालाई पुरा गरिरहेको जनाएको छ । कम्पनी औषधिको उत्पादन र गुणस्तरका आधारमा नेपालको टप १० कम्पनीमा पर्न सफल भएको दावी गरिएकोछ ।
कार्यक्रममा फर्माका पूर्व कर्मचारीलाई माायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा औषधि व्यवस्था विभागको महानिर्देशक पान बहादुर क्षेत्रीले छोटो समयमा ठूलो काम गरेको भन्दै आगामी दिनको लागि पनि शुभकामना दिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ छाती रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासले पनि फर्माको कामको प्रशसा गर्दै शुभकामना दिएका छन् ।
फर्माले नेपालमा देखापरेको प्राय सबै रोगको औषधि उत्पादन गर्दै आएको छ । विशेषगरि फर्माले मधुमेह, मुटु मानसिक रोग, हेपटाइटिस लगायतका रोगको औषधि उत्पादन गर्दै आएको छ ।