उपकरण र औषधि अभावका कारण आमा र शिशुको मृत्यु



Download our app to get more features

हुम्ला, १६ साउन । हुम्लाको सर्केगाडमा सुत्केरी र शिशुको उपचार अभावका कारण मृत्यु भएको छ ।

सुत्केरी व्यथा लागेको सर्केगाड वडा नम्बर चार साँया गाउँकी २० वर्षीया अनरुपा टमटा र उनको शिशुको मृत्यु भएको हो ।

सुत्केरी हुन सर्केगाड स्वास्थ्य चौकी पुर्याएपनि उपचार हुन नसक्दा मृत्यु भएको जनाइएकोे छ ।

बुधबार बिहान ४ बजे स्वास्थ्य चौकी पुर्याएकी टमटाको उपचारका लागि अस्पतालमा औषधि र उपकरण नभएका कारण बचाउन नसकिएको स्वास्थ्य चौकीका प्रमुख देवेन्द्र वीर मगियाले बताए ।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागी औषधि, उपकरण नहुनुले अकालमै मृत्यु हुने गरेको छ । 

Last modified on 2019-08-02 11:13:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts