सिकलसेलको जाँच गराउनबाट बिरामी बञ्चित भएको भन्दै अस्पताल प्रमुखको ध्यानाकर्षण



Download our app to get more features

बाँके, १६ साउन ।  बाँकेका नागरिक समाजले भेरी अस्पतालले दिईरहेको सेवा प्रवाह र सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतबारे भेरी अस्पतालका प्रमुख डा.रुपानन्द अधिकारीको ध्यानाकर्षण गराएको छ । 

वैशाख २९ गते सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मत गरि सूचारु गर्नको लागि बाँकेका नागरिक समाजले भेरी अस्पतालका प्रमुखलाई ज्ञापन पत्र बुझाएको थियो ।

पश्चिम नेपालकै केन्द्रको रुपमा राष्ट्रिय स्तरको भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया रोगको परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन विगत ६ महिनादेखि बिग्रेको र औषधि उपचार परिक्षणबाट बिरामीहरु वञ्चित भएको भन्दै मेशिनको तुरुन्त व्यवस्था तथा कार्यान्वयनका लागि ज्ञापन पत्र बुझाएको र फलोअप पनि गरिएको आईएचआरसीका कार्यक्रम प्रबन्धक रविन्द्र कुमार ज्ञवाली बताए । 

भेरी अस्पतालका प्रमुख डाक्टर रुपानन्द अधिकारीले सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतको लागि काठमाडौं पठाई सकिएको जानकारी दिनु हुदै हाल सम्म मर्मत नहुँदा बिरामीहरु समस्यामा परेको जानकारी दिए । 

उनले नागरिक समाजले पनि सार्वजनिक सरोकारका सवालहरुलाई उठाउनु पर्ने र भेरी अस्पतालमा दरबन्दी अनुसारको डाक्टरको अभावले सेवा प्रवाहमा असहजता आएको पनि बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts