सिंहदरवार वैद्यखानाको मन्त्री यादवले गरे अनुगमन

४ दर्जन कर्मचारीको सट्टा ४ जनाले काम गरेको देख्दा चकित



Download our app to get more features

काठमाडौं, १५ साउन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. उपेन्द्र यादवले सिंहदरवार वैद्यखानाको अनुगमन गरेका छन् ।

स्वास्थ्य मन्त्री यादवले वैद्यखानाको अनुगमन गरि प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रवन्ध निर्देशकलाई निर्देशन दिए । 

सरकारको एकमात्र आधिकारिक जडिबुटि जन्य औषधि उत्पादक संस्था वैद्यखानाको कामकारबाहीबारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्के अनुगमन गरेका हुन् । 

अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाईएको थियो । करिब चार दर्जनको संख्यामा कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर मन्त्री यादवले चरम असन्तुष्टि जनाए । 

मन्त्री यादवसँगै अनुगमन टोलिमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. के.के राई सहभागीथिए । 

Last modified on 2019-08-02 07:38:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts