जहाँ औषधि त्यहाँ अनिवार्य फर्मासिस्ट लागू गर्न माग 



Download our app to get more features

काठमाडौं, १४ साउन । नेपाल फर्मासुटिकल्स एसोसिएसन लगायत फार्मेसी पेशामा आबद्ध संगठनले जहाँ औषधि त्यहाँ अनिवार्य फर्मासिस्ट लागू गर्न माग गरेका छन् । उनीहरूले फार्मेसी पेशाप्रति स्वास्थ्य मन्त्रालय उदासिन बनेको आरोप लगाउँदै तत्काल फार्मेसीलाई पनि प्राथमिकता दिन

मागसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचीव रामप्रसाद थपलियासँग मंगलबार भेट गरेका छन् । 

उनीहरूले अबको संघीय संरचनामा फार्मेसीको दरबन्दी स्थानीय तहदेखि केन्द्रसम्म राख्न माग गरेका छन् । सचीव थपलियाले मागपत्र बुझ्दै यसको सुनुवाई बारे जोड दिने बताए । 
 

Last modified on 2019-07-31 10:40:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts