प्रदेश ५ सरकारले ४० जना छात्रालाई अहेब र अनमी पढाउने 



Download our app to get more features



रुपन्देही, १४ साउन । प्रदेश नं ५ समाजीक बिकास मन्त्रालयले मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका ४० जना छात्रा लाई अहेब र अनमी पढनको लागी छात्रावृति उपलब्ध गराउने भएको छ ।

५नं प्रदेश भित्र रहेका ४० जना मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका छात्राहरुलाई अहेब र अनमी पढाउन छात्रा वृद्धि उपलब्ध गराउने भएको हो। प्रदेश नं ५ भित्र स्थायी बसोबास गर्ने एसएलसी पास गरेका छात्राहरुले सामाजीक बिकास मन्त्रालयमा सम्पर्क गर्न सुचना जारी गरेको छ ।

प्रदेश नं ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले भने मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका छात्रा हरुलाई प्राबिधिक क्षेत्र तर्फ प्रबेश गराउने प्रदेश भित्र रहेका ४० जना छात्राहरुलाई छात्रावृति उपलब्ध गराउने प्रदेश सरकारको निर्णय भएको बताए । प्रदेश ५का सबै गाउँपालिका नगरपालिका तथा सम्बन्धित निकायमा सुचना पठाई सकेको समाजीक बिकास मन्त्रालयले जनाएको छ ।


 

Last modified on 2019-07-31 10:39:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts