भक्तपुर क्यान्सर अस्पतालमा पुजापाठ गरेर लिन्याक मेसिन सुरु



Download our app to get more features

काठमाडौं, १३ साउन । भक्तपुर क्यान्सर अस्पतालमा  लिन्याक मेशिनबाछ सेवा सुरु भएको छ । क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालमा साइत जुराएर पुजाआजा गरि सोमवार मेसिन सञ्चालनमा ल्याइएको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताए ।

अस्पतालमा आएका बिरामीले अब सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटेको श्रेष्ठले दावी गरेका छन् । मेसिन जडान कार्यक्रममा अस्पताल सञ्चालक समितिका कृष्ण प्रसाद ताम्राकार, संस्थाका महासचिव बिमल कुमार होडा, क्यान्सर विशेषज्ञ डा. उज्जवल चालिसे लगायतका चिकित्सकको सहभागित रहेको थियो ।

Last modified on 2019-07-30 09:36:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts