एक वर्षमा तीन लाख ४५ हजार यूनिट रगत वितरण, महिला रक्तदाता १६.१ प्रतिशत मात्र

काठमाडौं, १३ साउन । नेपालभर आ.व. २०७५/०७६ मा तीन लाख ४५ हजार एक सय ५१ यूनिट रगत वितरण गरिएको छ ।अघिल्लो वर्षको तुलनामा यो करीब ३.६५ प्रतिशतले वृद्धि हो ।
यसमा पुरुष रक्तदाता ८३.९ प्रतिशत र महिला रक्तदाता १६.१ प्रतिशत रहेका छन् । केन्द्रीय रक्त सञ्चार सेवा, काठमाडौँबाट ५५ हजार नौ सय ५३ यूनिट रक्त संकलन गरिएको छ जसमध्ये ४६ हजार चार सय ५ युनिट पुरुष रक्तदाताबाट र नौ हजार ५सय ४८ यूनिट महिला रगतदाताबाट संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको ५३ औँ बार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो । कार्यक्रमको समुद्घाटन गर्दै काठमाण्डौँ महानगरपालिकाका उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ) ले आफू दुर्लभ रक्तसमूह ९बी नेगेटिभ० मा पर्ने भएकोले विभिन्न अस्पतालहरुमा रक्तदाताको रुपमा आफ्नो नाम दर्ता गराएको बताए । उनल भने “६ महिनाको बालक दुर्घटनामा परेको र बी नेगेटिभ रगत चाहिएको बेला मैले गरेको रक्तदानको कारण उसको ज्यान बचेको कुरा म सधैँ सम्झन्छु ।” आफूले २०४२ सालमा रगतदान सुरु गरेको स्मरण गर्दै खड्गीले महिलाहरुलाई नियमित रक्तदान गर मात्र भनेर नपुग्ने भएकाले चेतनाको स्तर बढाउनु पनि आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले सवै रक्तदाताहरुलाई धन्यबाद दिए । कार्यक्रममा रक्त सञ्चार व्यवस्थापन समितिको तर्फबाट स्वागत गर्दै चितवनको माडि, कैलालीको टिकापुरमा स्थानीय निकायहरुले रक्तदाता उत्प्रेरणा र विरामीहरुले तिर्नुपर्ने रगतको शुल्कमा सहयोग गरिरहेको जानकारी गराउँदै यस्तो सत्प्रयास देशका सवै स्थानीय तहले गरिदिए घाइते वा विरामीलाई ठूलो राहत हुने बताए ।
काठमाडौँ प्रदेश ३ का सभाषद् नरोत्तम बैद्य, नेपाल सरकार, राष्टिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, व्लोदानका अध्यक्ष सानुबाबु प्रजापति, काठमाडौँ जिल्ला रेडक्रसका सभापति मथुराराम श्रेष्ठ, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल लगायत नियमित रक्तदान गर्ने संघसँस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिवेदन पेश गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक मनिताराज कर्णिकारले रक्तदाता उत्प्रेरणा तथा अन्तत्र्रिmया, रक्तदान शिविरका साथै अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुबीच रगतको उचित प्रयोग सम्बन्धी कार्यक्रमहरु बढाउन प्रयास भइरहेको तर त्यसको लागि बजेटको पर्याप्तता नभएकोले सवैपक्षलाई सहयोगको आव्हान गरिन् । उनले नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय रक्तसञ्चार व्यूरो, तथा अन्र्तराष्ट्रिय निकायसँग समेत सहकार्य गर्दै रगत आपूर्तिको गुणस्तर व्यवस्थापनमा जोड दिइँदै आइएको जानकारी दिइन्।
गएको आर्थिक वर्षमा दैनिक रक्तदान कार्यक्रम आयोजना गर्ने असन सेवा समिति र लायन्स क्लब अफ लाली गुँरास लगायत साप्ताहिक कार्यक्रम गर्ने पशुपति मारबाडी सेवा संघ, गणेशमान सिंह अध्ययन प्रतिष्ठान, देव कर्नर सेवा, लायन्स क्लब अफ चावहिल लामपोखरी र चाबहिल सिटी, रेडक्रसको बौद्ध उपशाखालाई सम्मान गरिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । यसका साथै उत्कृष्ट योगदान गर्र्ने विभिन्न ६७ संघसँस्थाहरु तथा स्वयंसेवकहरुलाई सम्मान गरिएकोमा यस बर्ष केन्द्रीय सेवाकेन्द्र तर्फ सवैभन्दा वढी युनिट रक्तदान गर्ने महिला समुहमा जागरण महिला समूह र एकैपटक सवैभन्दा वढी युनिट रक्तदान गर्ने ट्रिनिटि कलेज, डिल्ली बजार रहेको पौडेलले बताए ।
हाल नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार केन्द्र तथा एकाइहरू रहेका छन् ।
आ.व. २०७५/०७६ मा नेपालभरीमा विभिन्न संघ–संस्थाहरूबाट ४हजार २१ वटा घुम्ती रक्त संकलन कार्यक्रम भई रगत संकलन गरिएको छ र सो मध्ये केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १हजार ३सय २९ पटक विभिन्न संघ–संस्थाहरूबाट घुम्ती रगत संकलन भएको हो । केन्द्रीय सेवामार्फत जम्मा ५५ हजार ९ सय ५३ युनिट रक्त वितरण भएकोमा भएकोमा स्वयंसेवी रक्तदाताबाट संकलित ४६हजार ५सय र सोधभर्ना तर्फ ९ हजार ४सय ५३ युनिट रहेको थियो । नेपाल भरी संकलित र वितरित रगतको समूहको तथ्यांक हेर्दा ए, बी, एबी र ओ पोजेटिभको संख्या ९६ दशमलब ९ प्रतिशत रहेको छ भने नेगेटिभ समूहको संख्या ३.१० प्रतिशत देखिन्छ ।