जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका चार कर्मचारी घुस सहित पक्राउ

काठमाडौं, १३ साउन । जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका चार कर्मचारी घुससहित प्रकाउ परेका छन् । पक्राउ पर्नेमा कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोर किपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् ।
उनीहरुलाई पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख ३० हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट नै पक्राउ गरेको हो । कार्यालयले सञ्चालन गरेको विभिन्न कार्यक्रमको पेश्की फस््रयौट गरिदिने भन्दै रकम माग गरेका थिए ।
सोहि सुचनाको आधारमा उनीहरुलाई प्रकाउ गरिएको हो ।
Last modified on 2019-07-29 14:31:49