प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच, रिपोर्ट सामान्य

बुद्धि बंगारा खुस्किएपछि असक्त भएको प्रधानमन्त्रीको प्रतिक्रिया



Download our app to get more features

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य जाँच गरिएको छ ।

नियमित स्वास्थ्य जाँचका क्रममा उनको रगत, दिसापिसाब लगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराएपछि प्रधानमन्त्री ओली घर फर्किएका छन् ।

प्रधानमन्त्रीका चिकित्सक वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहले रिपोर्ट सामान्य आएको जानकारी दिइन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र उनी नियमित काममा व्यस्त रहेको डा.सिंहले बताइन् ।

त्यसअघि शुक्रबार मात्रै प्रधानमन्त्री ओलीको दाहिने तर्फको माथिल्लो पट्टिको बुद्धि बंगारा खुस्केको छ । ६६ वर्षका प्रधानमन्त्री ओलीले आफ्नो बुद्धि बंगारा खुस्एिपछि अब भने असक्त भएको प्रतिक्रिया दिएका छन् ।

Last modified on 2019-07-28 16:57:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts