एमबीबीएस तर्फ ७८ र बीडीएस तर्फ ३९ प्रतिशत चिकित्सक उत्तीर्ण



Download our app to get more features

काठमाडौं, १२ साउन । चिकित्सक अनुमति पत्र (लाइसेन्स) परीक्षा अन्र्तगत एमबीबीएस तर्फ ७८ प्रतिशत उत्तीर्ण भएका छन् । 

नेपाल मेडिकल काउन्सिलले शनिबार सञ्चालन गरेको अनुमति पत्र (लाइसेन्स) परीक्षामा एमबीबीएस तर्फ ७८ प्रतिशत र बीडीएस तर्फ ३९ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका अनुसार यसपटकको परीक्षाका लागि एमबीबीएस तर्फ १ हजार ६ सय ८१ जनाले नाम दर्ताका लागि फारम भरेका मध्ये ८ जना अनुपस्थित थिए । परीक्षामा एमबीबीएस १ हजार ३ सय ११ जना उत्तीर्ण भएका छन् । यस्तै बीडीएस तर्फ ३ सय ५३ जना सहभागी भएकोमा १ सय ३८ जना मात्रै पास भएका छन् ।

काउन्सिलका अनुसार यसपटक नतिजामा राम्रो सुधार भएको छ । यद्दपी साढे तीन सय बढी परीक्षार्थी अनुर्तीण हुनु चिन्ताको विषय रहेको छ ।
 

Last modified on 2019-07-28 16:10:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts