रुपन्देहीमा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी



Download our app to get more features

रुपन्देही, ११ साउन । रुपन्देहीको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन् । 

जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भईरहेको छ । रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको भीम अस्पतालले जनाएको छ ।

केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए । अस्पतालमा उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था समान्य रहेको भैरहवा भीम अस्पतालका चिकित्सक डा. त्रिलोचन पन्थीले बताए । 

वर्षायाममा जथाभावी उम्रिने च्याउ खादाँ बिरामी पर्न सकिने भएकाले त्यस्तो च्याउ नखान डा. पन्थीले आग्रह गरे ।
 

Last modified on 2019-07-29 06:24:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts