स्वास्थ्य संस्थाको फर्जी शिलन्यास गर्दै जनप्रतिनिधि



Download our app to get more features

काठमाडौ १० साउन । सरकारले हरेक स्थानीय तहमा १५ शैय्या क्षमताको अस्पताल संचालन गर्ने नीति लिएको छ ।

गत आर्थिक वर्षबाट जग्गा खोज्ने कार्य सुरु भएपनि हालसम्म जनप्रतिनिधिहरुकै बिवादका कारण काम अगाडी बढ्न सकेको छैन । ‘७५३ स्थानीय तह मध्ये ६४० स्थानीय तहमा अस्पताल छैन’, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने ।  

उनका अनुसार मन्त्रालयले गएको आर्थिक बर्षमा २५१ वटा अस्पताल बनाउने लक्ष्य लिएको थियो । तर जनप्रतिनिधिकै लफडाका कारण लक्ष्य अनुसार काम अगाडी बढेन ।

मन्त्रालयकाअनुसार वडा अध्यक्ष र मेयरहरुले जनतालाई केन्द्र बिन्दू बनाउने भन्दा पनि आफ्नो जग्गा आसपास स्वास्थ्य संस्था बनाउँन खोजेपछि समस्या आएको हो । 

अस्पताल बनाउन फर्जी शिलन्यास
१५ शैय्याको अस्पताल निर्माणमा जनप्रतिनिधिले फर्जी शिलन्यास गरेको स्वास्थ्य मन्त्रालयको गुनासो छ ।

जग्गा उपलब्ध भएको निर्णय नहुँदै वडा अध्यक्ष र मेयरहरुले पल्लो डाँडामा आवश्यक पर्ने अस्पताल आफ्नै घर नजिक बन्ने निर्णय भएको भन्दै धमाधम शिलन्यास गर्नथालेको गुनासो मन्त्रालयमा आउन थालेको छ । तर मन्त्रालयको योजना भनेको पुराना हेल्थपोष्टहरुलाई स्तरउन्नती गरी सोही स्थानमा १५ शैय्याको अस्पताल बनाउने छ ।

डा देवकोटाका अनुसार सरकारी जग्गा पायक पर्ने स्थानमा नभए कसैले मध्यस्त स्थानमा जग्गा दिए सो ठाउँमा पनि बनाउन सकिन्छ ।

 उनले फर्जी शिलन्यास गरेकै आधारमा स्वास्थ्य संस्था नबन्ने बताए । मन्त्रालयका अनुसार फर्जी शिलन्यास १० स्थानमा भन्दा बढी भएको छ । 

७५३ स्थानीय तह मध्ये ६४० मा अस्पताल छैन 
सरकारले हरेक स्थानीय तहमा १५ शैय्या क्षमताको अस्पताल संचालन गर्ने नीति पनि संगै अगाडी बढाएको छ । तर ७५३ स्थानीय तह मध्ये ६४० स्थानीय तहमा अस्पताल नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारको नीति अनुसार मन्त्रालयले गएको आर्थिक बर्षमा २५१ वटा अस्पताल बनाउने लक्ष्य लिएको थियो ।

‘जग्गा समस्या र भवनलाई रकम ढिला दिदा काम हुन सकेन, यस आर्थिक बर्षबाट भने काम थालिनेछ’ नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. देवकोटाले भने । 
 

Last modified on 2019-07-27 13:58:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts