डा. कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि सरकारले जग्गा उपलब्ध गराउने

काठमाडौं, ९ साउन । सरकारले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि जग्गा उपलब्ध गराउने भएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.कोइरालाको नेतृत्वमा सातै प्रदेशमा खुल्न लागेको बाल अस्पतालका लागि सरकारले ४१ रोपनी जग्गा उपलब्ध गराउने भएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त गोकुल बाँस्कोटाले काठमाडौं चाइल्ड हेल्थ हस्पिटलका लागि बुढानिलकण्ठ – ७ मा ४१ रोपनी जग्गा भाडामा दिने निर्णय भएको बताए ।
Last modified on 2019-07-26 12:34:44