नेपालबाट निर्यात हुने जडिबुटिमा भारतले रोक लगाउँदा १५ टन जडिबुटि गोदाममै थन्किए

काठमाडौं, ९ साउन । नेपालबाट भारत आयात हुने औषधिजन्य वस्तुमा रोक लगाउँदा नेपाली जडिबुटि उत्पादकलाई समस्या भएको छ ।
केहि समय पहिले नेपालले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न थालेपछि भारतले नेपालबाट निर्यात हुने जडिबुटीमा विभिन्न बहानामा रोक लगाएको छ ।
जनस्वास्थ्यमा नकारात्मक असर गर्ने विषादीजन्य तरकारी तथा फलफूल भित्रिन नदिन नेपालले कडाइ गर्दा भारतले भने औषधिजन्य जडिबुटीमा ‘प्रतिक्रिया’ स्वरुप कडाइ गरेको जनाइएको छ ।
भारतले पाखनवेद, चिराइतो, अमला, सिकाकाइलगायत ६० भन्दा बढी किसिमका जडिबुटीमा रोक लगाएको हो ।
भारतले संशोधित प्लान्ट क्वारेन्टाइनको सूचीमा नपरेको भन्दै ती जडिबुटीमा रोक लगाएको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले जनाएको छ । भारतीय अवरोधका कारण १५ टनभन्दा बढी जडिबुटी नेपालका गोदाममा थन्किएका छन् ।