राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषदमा डा.शाह र अधिकारी



Download our app to get more features

काठमाडौं, ९ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद्को सदस्यमा प्राध्यापक डा. दिव्या सिंह शाह र प्राध्यापक डा. सुबोध अधिकारीलाई मनोनित गरिएको छ । 

बालुवाटारमा बसेको प्रतिष्ठानको तेस्रो सिनेट बैठकले रिक्त सदस्यमा डा. शाह र डा. अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको हो ।

मानोनित डा. शाह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी प्राध्यापक हुनुका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको समेत चिकित्सक हुन् । यस्तै डा. अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेक्टर हुन् ।


 

Last modified on 2019-07-25 15:01:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts