समायोजनमा परेका कर्मचारीलाई चिट्ठी नपाउँदा सम्म यथास्थानमै रहेर काम गर्न निर्देशन

काठमाडौं, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा परेका कर्मचारीलाई यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार विशेष सूचना जारी गर्दै समायोजनको चिट्ठी नपाउँदा सम्म जहाँ काम गर्दै छन् त्यहि स्थानमा रहेर काम गर्न निर्देशन जारी गरेको हो ।
मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले सूचना जारी गर्दै तत्कालै समायोजनमा पर्नेहरुले कार्यरत संस्था छोड्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने भएकाले चिट्ठी नपाउँदा सम्म र विपतिका बेलामा स्वास्थ्य संस्था छोड्दा झन् समस्या हुने भएकाले तत्काल नजान निर्देशन दिइएको हो ।
साथै सम्बन्धीत पालिकालाई पनि कार्यरत स्वास्थ्य संस्थाका कर्मचारीलाई अर्को कर्मचारी नआउञ्जेल रवाना नदिन पनि निर्देशन दिइएको छ ।
Last modified on 2019-07-24 13:42:09