एकपटक हृदयघात भइसकेकाले के गर्ने ? यस्ता छन् १० उपाय....
असन्तुलित खानपान, विलासी जीवनशैली र नियमित परीक्षणको अभावमा हिजोआज धेरै मानिस मुटुरोगको शिकार बनेका छन् । जसले गर्दा कतिपयलाई युवा अवस्थामा नै हृदयघात हुने गरेको पनि भेटिन्छ । एकपटक हृदयघात भैसकेकालाई दोहोर्याएर मुटुरोग बल्झिने वा पुनः हृदयघात हुने सम्भावना हुने चिकित्सकहरु बताउँछन् । एकपटक हृदयघात भैसकेकाले फेरी यसलाई दोहोरिन नदिन के गर्ने ?
मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका १० सुझाव यस्ता छन् :
१. नियमित परीक्षण गराउने
२. धुम्रपान र मद्यपान नगर्ने
३. तनावमुक्त रहने
४. शरीरको तौल सन्तुलनमा राख्ने
५. कोलस्ट्रोललाई बढ्न नदिने
६. रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने
७. चिल्लोजन्य, बोसो र बढि कार्वाेहाइडेड भएको खाने कुरा नखाने
८. नियमित शारीरिक व्ययाम गर्ने (मुटुको अवस्था अनुसार)
९. चिसोबाट जोगिने (बिहान बेलुका चिसोमा घर बाहिर ननिस्कने)
१०. भिटामिन ए र डीको मात्रा सन्तुलन राख्ने