राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामप्रति प्रधानमन्त्री असन्तुष्ट



Download our app to get more features

काठमाडौं, ७ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् । 

प्रतिष्ठानको गैर जिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा प्रधानमन्त्रीले आपत्ति जनाएका छन् । 

प्रतिष्ठनले मंगलबार राजधानीमा आयोजित तेस्रो सभामा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले पहिले आफुलाई नबुझाइ बाहिर आउनुलाई राजनितिकरण भएको भन्दै यो सह्य नहुने बताएका छन् । 

ओलीले प्रतिष्ठानलाई एउटा निष्पक्ष संस्थाको रुपमा विकास गर्नुपर्ने बताए । उनले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई प्रदेशकै केन्द्रको रुपमा विकास गर्ने बताए । 

 

Last modified on 2019-07-24 13:40:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts