गह्रुंगाे ब्याग बोकेर स्कुल जाने बालबालिकामा हुनसक्छ यस्ता समस्या...
बिहान-बिहानै गह्रुंगाे ब्याग बोकेर स्कुल जाँदै गरेको बच्चा प्रायः सबैले देख्छौ होला । आजभोली अभिभावक आफ्ना बच्चालाई शिक्षित बनाउनका लागि यति धेरै गम्भिर र चिन्तित भएका छन् की उनले आफ्नो बच्चाको स्वास्थ्यलाई वेवास्ता गरिरहेका छन् ।
हुन त घरमा बालबालिकालाई समयमा खान दिने, दूध दिने, फलफूल दिने गरिरहेका अभिभावकले विद्यालय जाने आफ्नो बालबालिका विद्यालय जाने समय गह्रुंगाे ब्याग बोकेर जाँदै गर्दा कतिसम्म बिरामी भइरहेका छन् भन्ने विषयमा सोच्न सकेका छैनन् ।
द अमेरिकन एकेडेमी अफ अर्थोपेडिकले गरेको अध्ययन अनुसार विद्यालयको गह्रुंगाे ब्याग उठाउने कारणले बच्चाको तौल निकै तिव्र गतिमा कम हुँदै जान्छ । अध्ययनमा सहभागि डा. कोन्जाङ दोर्जीले भनेका छन् स्कूलको गह्रुंगाे ब्याग उठाउने कारणले बच्चाको तौल १० प्रतिशतसम्म कम हुन्छ जसको नराम्रो असर उनको स्पाइन अर्थात पीठ्यूको हड्डीमा पर्छ ।
अध्ययनमा सहभागि डाक्टरहरुका अनुसार गह्रुंगाे ब्याग बोक्नाले बच्चालाई विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी समस्याले सताउन थाल्छ । काँध, गर्धन र पीठ्यूँको हड्डीको समस्या विषेशगरी देखिने गरेको छ । साथै बच्चामा तनाव पनि बढ्न थाल्छ । लामो समयसम्म भारी बोक्नाले बच्चको ढाडको हड्डी विस्तारै झुक्दै जान्छ ।
अध्ययनका अनुसार बच्चाहरुलाई भारी गह्रुंगो ब्यागको तौल एकदेखी दश किलोग्राम सम्म हुने गर्छ । जसले गर्दा करिब ४२ प्रतिशत बच्चा सहज महसुस गर्दैनन् र उनको स्वास्थ्य विस्तारै कमजोर हुन थाल्छ । यदि तपाईं यो समस्याबाट आफ्नो बच्चालाई मुक्त गर्न चाहनुहुन्छ भने सम्बन्धीत विषयलाई ध्यानमा राखेर मात्रै उनको ब्याग तयार गर्नुहोस् । त्यस बाहेक उनलाई सहज हुने खालको ब्याग पनि दिनुहोस् ।