तिलगंगा आँखा अस्पताललाई डब्लूएचओको 'समन्वयन केन्द्र' घोषणा



Download our app to get more features


काठमाडौं, ६ साउन । तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को समन्वयन केन्द्र घोषण गरिएको छ ।

२०५१ सालमा स्थापित तिलगंगा अस्पतालको २५ औं बार्षिकोत्सवको अवसरमा सोमबार डब्लूएचओले यस्तो घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तिलगंगा आँखा अस्पताललाई ३ वटा विधामा डब्लूएचओको समन्वयन केन्द्रको घोषणा गरिएको छ । 

जसअन्तर्गत आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुशन्धान रहेको छ । 

यी तीनैओटा क्षेत्रमा अझै स्तरोन्नती गर्दै लैजाने डब्लूएचओले बताएको छ ।

डब्लूएचओका अनुसार हालको आँखा उपचारको सेवालाई पनि अझै विशिष्टिकृत गर्दै लगिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डब्लूएचओको उक्त घोषणालगत्तै  तीलगंगाा आँखा अस्पताललाई बधाईसँगै शुभकामना प्रकट गरेका छन् । 

साथै उपप्रधानमन्त्री एवं  स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अन्धोपन निवारणका लागि स्वास्थ्य मन्त्रालय सधैं तत्पर भएर लाग्ने  बताए । 

तीलगंगा आँखा अस्पतालले  २२ वर्षको अवधिमा झन्डै ४७ लाख बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा प्रत्येक दिन २ सय उत्पादन हुँदैं आएकोमा हाल त्यो बढेर १८ सय पुगेको छ ।

उत्पादित आइएलओ मान्यताप्राप्त लेन्स विश्वका ७० भन्दा बढी देशहरुमा पुगिसकेको अस्पतालले जानकारी दियो । हालसम्म तिलगंगाले ६० लाखभन्दा बढीलाई आँखासम्बन्धी सेवा दिइसकेको छ ।
 

Last modified on 2019-07-23 08:44:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts