सुदूरपश्चिमका आठै जिल्लामा छैन कालाजारको औषधि

खरिदका लागि महाशाखाको भर पर्दा बिरामी समस्यामा



Download our app to get more features

डडेल्धुरा, ६ साउन । सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कालाजारको ‘लायपसमल’ नामक औषधि नरहेको पाइएको छ । प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको सेती अस्पताल बाहेक कुनै पनि स्वास्थ्य संस्थामा यो औषधि नरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । 

सेती अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थाहरुसंग कालाजारको औषधि प्रयोग गराउन सक्ने दक्ष चिकित्सक र माग नभएकाले नपठाइएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताएका छन । ‘यो रोग तराईमा बढी हुने भएकाले संघीय सरकारले त्यसै अनुसार योजना निमार्ण गरे बजेट र औषधि पठाएको हुन्छ ।’

 उनले भने, ‘पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुरामा देखीने कालाजार भारत लगायतका तेस्रो मुलुकबाट आएकोे हो । यो झाडापाखला जस्तै छोटो समयमै महामारीकै रुपलिने खालको रोग पनि हैन् । सरुवा रोग चाहीँ हो । पहाडमा नागरीकमा यो रोग देखीएको धनगढी नै जानुपर्छ । निर्देशक अवस्थीले भने, सबै स्थानमा औषधि पुर्याउन सकिने थियो दक्ष जनशक्ति छैन् ।’

डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा, बझाङ, कञ्चनपुर, अछाम लगायतका अस्पतालमा कालाजारको ‘लायपसमल’ नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ । 

कालाजारको औषधि जोसुकैले पनि जति बेला पनि किन्न मिल्ने हुदैन् । फ्रिजीङ गरेर राख्नु पर्ने स्वास्थ्य कार्यालय डडेल्धुरा वरिष्ट जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईले बताए । उनले डडेल्धुराको अजयमेरु गाउँपालिका ६ मा एक जनालाई यो रोग देखापरेकाले केहि दिन भित्र त्यो क्षेत्रमा जाने बताएका छन् । औषधि अभावका कारण गत शुक्रबार डडेल्धुरा अस्पतालमा कालाजार पत्ता लागेको र औषधि अभाव लगायतका कारण धनगढी रेफर गरिएको जनाएको छ ।

कालाजार रोगको औषधि बाहिर किन्न नपाइने हुँदा महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीको रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । 

Last modified on 2019-07-23 08:13:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts