राष्ट्रिय क्षयरोग केन्द्रबाट डा. तिंकरीको बिदाई, परिवार कल्याण महाशाखामा हाजिर



Download our app to get more features

काठमाडौं, ६ साउन । राष्ट्रिय क्षयरोग केन्द्रबाट डा. भीम सिंह तिंकरी परिवार कल्याण महाशाखामा पदस्थापन भएका छन् । 

आइतबार रवाना लिएका डा.तिंकरीले  निर्देशकका रुपमा  सोमबार महाशाखामा पदवहाली गरेका हुन् । 

एक वर्षसम्म क्षयरोग केन्द्रमा रहेर काम गरेका उनले सो अवधिमा क्षयरोगीको देशव्यापी प्रिभेलेन्स सर्वे सञ्चालन तथा तथ्यांक विश्लेषण गर्न एवं बदलिएको संघीय संरचना अनुसार क्षयरोग विरुद्धका कार्यक्रमलाई निरन्तरता दिन तिंकरीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले आज परिवार कल्याण महाशाखाको पदभार ग्रहण गर्ने बताइएको छ ।
 

Last modified on 2019-07-22 15:50:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts